राहुल गान्धीको पुनरावेदन खारेज
मेरोन्यूज
२०८० वैशाख ७ गते १९:१७

काठमाडौँ । मानहानी मुद्दामा दोषी ठहरिएका भारतको विपक्षी दलका नेता राहुल गान्धीको पुनरावेदन खारेज भएको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीका कट्टर आलोचक गान्धीलाई गत महिना गुजरातको सुरत अदालतले मानहानी मुद्दामा दोषी ठहर गर्दै पुनरावेदनको अवसर दिएको थियो ।
अदालतको आदेशसँगै नेता गान्धीले सांसद् पद गुमाएका थिए । सन् २०१९ को चुनावी सभामा नेता गान्धीले मोदी थर भएकाहरू ‘बदमास’ हुन्छन् भनेको विरोधमा भारतीय जनता पार्टीका नेता पूर्णेश मोदीले गन्धीविरुद्ध मानहानी मुद्दा दायर गरेका थिए । यद्यपि, उनको प्रधानमन्त्री मोदीसँग कुनै सम्बन्ध छैन ।
अब नेता गान्धीले उच्च अदालतमा पुनरावेदन गर्ने उनको दलका नेताहरूले बताएका छन् । दलका नेता तथा कानुन व्यवसायीसँग छलफल भइरहेको छ ।
सम्बन्धित
















यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय
अमेरिकाले नेपाल ‘ए’लाई दियाे २६३ रनको लक्ष्य
एमाले राष्ट्रिय सभा सचेतकमा रोशनी मेचे चयन
अनुमतिविना यार्सागुम्बा सङ्कलन गर्न गएका २५ जना नियन्त्रणमा
आगामी बजेट संसद्को नयाँ प्रतिनिधिसभा कक्षबाट
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया