शनिबार, वैशाख २६, २०८३

सडक दुर्घटनामा सात जनाको मृत्य

मेरोन्यूज २०८० वैशाख ९ गते १८:३३

काठमाडौँ । पूर्वी पाकिस्तानको पञ्जाब प्रान्तमा आज बिहान भएको सडक दुर्घटनामा सात जनाको मृत्यु भएको छ । घटनामा अन्य चार जना घाइते भएका छन् ।

Advertisement
NiccNicc

दुर्घटनामा चार जना महिला र तीन जना बालबालिकाले ज्यान गुमाएका प्रहरीले जनाएको छ ।

पञ्जाब प्रान्तका लोधरान जिल्लामा उक्त दुर्घटना भएको हो । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

चालक निदाएका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । नियमित मर्मतसम्भार नभएका सडक र सवारी, सवारी नियमको पालनामा हेलचेक्र्याइँका कारण पाकिस्तानमा प्रायः सडक दुर्घटना हुने गरेका छन् ।

प्रतिक्रिया