दुई किलो चरेससहित चार जना पक्राउ
मेरोन्यूज
२०८० वैशाख ९ गते २१:१८

शुक्लाकञ्चनपुर । फाँटा नगरपालिका–५ वन समितिस्थित पूर्व–पश्चिम राजमार्ग क्षेत्रबाट दुई किलो चरेससहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीका अनुसार पक्राउ पर्नेमा शुक्लाफाँटा नगरपालिका–५ वन समितिका सुनिल बोहरा भीमदत्त नगरपालिका–२ बस्ने वसन्त जोशी, भारतको बरेली जिल्ला कान्द्रापुर बस्ने हममोल गुप्ता र भारतकै चनहिटीग्राम बस्ने रुपेन्द्र मौर्य रहेका छन् ।
पूर्व–पश्चिम राजमार्गमा शङ्कास्पदरूपमा पैदल हिँडिरहेका बेला चारै जनालाई इलाका प्रहरी कार्यालय झलारीको टोलीले नियन्त्रणमा लिई जँच गर्दा उनीहरूको साथमा रहेको कालो रङको झोलाभित्र लुकाइछिपाइ राखेको दुई किलो चार ग्राम लागुऔषध चरेस र नगद रु २८ हजार पाँच सय बरामद गरिएको छ । पक्राउ परेकामाथि प्रहरीले अनुसनधान गरिरहेको छ ।
सम्बन्धित
















मतदाताको गोपनीयता भङ्ग नगर्न प्रशासनको आग्रह
मुस्ताङका उम्मेदवार गुनासो गर्दछन् , ‘मतदाता को कहाँ बस्छन् भनेर पोखरा, काठमाडौ खोज्दै हिँड्नु परेको छ ’
साफ महिला च्याम्पियनसिपः नेपाल भुटानसँग भिड्दै
पाकिस्तानले विश्वकपमा भारतसँग नखेल्ने घाेषणापछि आईसीसीको चेतावनी
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
प्रतिक्रिया