पाल्पा बस दुर्घटनामा गम्भीर घाइते महिलाको मृत्यु, २० घाइते
मेरोन्यूज
२०८० वैशाख १० गते ११:४४

पाल्पा । पाल्पाको जोरधारामा आज बिहान भएको बस दुर्घटनामा एक महिलाको मृत्यु भएको छ।
दुर्घटनामा घाइते महिलालाई उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्य भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए।
आइतबार बिहान बुटवलबाट बाग्लुङ जाँदै गरेको लु १ ख ५९५६ नम्बरको यात्रुवाहक बस पाल्पाको जोरधारामा दुर्घटना हुँदा २० जना घाइते भएका छन् ।
घाइतेको उद्दार गरी लुम्बिनी मेडिकल कलेज प्रभासमा पठाइएको प्रहरीले बताएको छ । घाइतेमध्य केहीको अवस्था गम्भीर छ ।
बसमा कति यात्रु थिए भन्ने यकिन नभइसकेको र घटनास्थलमा सम्भावित घाइतेहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित














स्रोत नखुलेको रु २७ लाखसहित दुई जना पक्राउ
पहिराले मुख्य राजमार्ग र सडकखण्ड पूर्ण रुपमा अवरुद्ध
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
प्रतिक्रिया