माई खोलाको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । माई खोला हाइड्रोपावर लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले बैशाख ८ गतेदेखि निष्काशन गरेको आइपीओमा करिब साढे १० लाख बढीको आवेदन परेको जनाइएकाे छ ।
कम्पनीले जारी पूँजी ३९ करोड २१ लाख ५६ हजार ८०० रुपैयाँको ४९ प्रतिशतले दरले हुने आउने १९ करोड २१ लाख ५६ हजार ८०० रुपैयाँ बराबरको १९ लाख २१ ह्जार ५६८ कित्ता शेयर निष्काशनमा ल्याएको थियाे । त्यस मध्ये १० प्रतिशत अर्थात ३ करोड ९२ लाख १५ हजार ७०० रुपैयाँ बराबरको ३ लाख ९२ हजार १५७ कित्ता शेयर आयोजना प्रभावित स्थानिय बासिन्दालाई निष्काशन गरी बाँडफाँड गरिसकेको छ ।
त्यस्तै कम्पनीको जारी पूँजीको ३९ प्रतिशत अर्थात १५ लाख २९ हजार ४११ कित्ता शेयरको १० प्रतिशत अर्थात १ करोड ५२ लाख ९४ हजार १०० रुपैयाँ बराबरको १ लाख ५२ हजार ९४१ कित्ता शेयर श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि बिक्री गरिसकेको छ ।
साथै २ प्रतिशत अर्थात ३० हजार ५८८ कित्ता शेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ७६ हजार ४७१ कित्ता सामुहिक लगानी कोषलाई सुरक्षित गरी बाँकि रहेको १२ लाख ६९ हजार ४११ कित्ता शेयर सर्व साधारणको लागि निष्काशनमा ल्याएको हो ।
कम्पनीको आईपीओमा ईच्छुक लगानीकर्ताले न्युनतम १० कित्ता तथा सोभन्दा बढीका लागि ५० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।















कांग्रेसकाे देउवा समूहले ओली र लेखक पक्राउको संवैधानिक र राजनीतिक प्रतिवाद गर्ने
जनअपेक्षा अनुसार काम गर्न कर्मचारीलाई सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
जम्मु कश्मीरमा हिम–पहिरो, ७ जनाको मृत्यु
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
तीन महिनाका लागि एन्फा निलम्वन
प्रतिक्रिया