पोखरा स्पोर्टस् अवार्डको मनोनयन सार्वजनिक

पोखरा । पोखरा स्पोर्टस् अवार्डको सातौँ संस्करणमा चार विधाको उत्कृष्ट तीन मनोनयन सूची सार्वजनिक गरिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने अवार्डको आज वर्ष खेलाडी पुरुष, महिला, उदियमान खेलाडी तथा उत्कृष्ट प्रशिक्षक विधाको मनोनयन सूची सार्वजनिक गरिएको हो ।
वर्ष खेलाडी पुरुषमा करण केसी (क्रिकेट), गङ्गाबहादुर कुँवर (आर्चरी) र प्रदीप खड्का (टेनिस) छन् । वर्ष खेलाडी महिलातर्फ सावित्रा भण्डारी (फुटबल), सुस्मिता थापामगर (आइटिएफ तेक्वान्दो) र रोजिना थापामगर (आर्चरी) छन् ।
उदियमान खेलाडीतर्फ रवि केसी (भलिबल), सुमित श्रेष्ठ (फुटबल) र सुवास भण्डारी (क्रिकेट) मनोनयनमा परेका छन् । उत्कृष्ट प्रशिक्षकमा किशोरकुमार गुरुङ (आर्चरी), नीरज थापा (लनटेनिस) र सुरज सुनार (आइटिएफ तेक्वान्दो) छन् ।
विधागत उत्कृष्टलाई २३ वैशाखमा हुने समारोहमा अवार्ड प्रदान गरिनेछ । वर्ष खेलाडी पुरुष तथा महिलाले इलेक्ट्रिक स्कुटर, उदियमान र प्रशिक्षकले जनही रु ३५ हजार नगद पुरस्कार प्राप्त गर्ने मञ्च अध्यक्ष दीनानाथ बरालले बताए ।
मञ्चले यसबाहेक वर्ष उत्कृष्ट खेल सङ्घसंस्था वा क्लब, वर्ष उत्कृष्ट खेल पत्रकारलाई पनि जनही रु ३५ हजारसहित पुरस्कृत गर्नेछ । सोही दिन लाइफटाइम अचिभमेन्ट विधामा पनि सम्मान गरिनेछ । लाइफटाइम अचिभमेन्ट प्राप्त गर्नेलाई चाँदीको करुवासहित ट्रफी दिइने अध्यक्ष बरालले जानकारी दिए ।









अन्नपूर्णमा बेपत्ता पर्यटक मृत फेला
मेयर बालेनका बुवाको पशुपति आर्यघाटमा अन्त्येष्टि
फाइनलमा हार्याे नेपाल, युएईले जित्यो उपाधि
उपराष्ट्रपति यादवसँग फिनल्यान्डका राजदूतको शिष्टाचार भेट
प्रधानमन्त्री र जेन-जी अगुवाबीच भेटवार्ता
गोल्डकप विजेतालाई एक सय ३१ केजी अलैँची पुरस्कार
बसिर अहमद बने एनपिएलमा अर्धशतक जोड्ने १३औँ खेलाडी
कर्णालीविरुद्ध विराटनगरको रोमाञ्चक जीत
कपालमा पर्ने चायाबाट छुटकारा पाउने उपाएहरु यस्ता छन्
प्रतिक्रिया