पोखरा स्पोर्टस् अवार्डको मनोनयन सार्वजनिक

पोखरा । पोखरा स्पोर्टस् अवार्डको सातौँ संस्करणमा चार विधाको उत्कृष्ट तीन मनोनयन सूची सार्वजनिक गरिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने अवार्डको आज वर्ष खेलाडी पुरुष, महिला, उदियमान खेलाडी तथा उत्कृष्ट प्रशिक्षक विधाको मनोनयन सूची सार्वजनिक गरिएको हो ।
वर्ष खेलाडी पुरुषमा करण केसी (क्रिकेट), गङ्गाबहादुर कुँवर (आर्चरी) र प्रदीप खड्का (टेनिस) छन् । वर्ष खेलाडी महिलातर्फ सावित्रा भण्डारी (फुटबल), सुस्मिता थापामगर (आइटिएफ तेक्वान्दो) र रोजिना थापामगर (आर्चरी) छन् ।
उदियमान खेलाडीतर्फ रवि केसी (भलिबल), सुमित श्रेष्ठ (फुटबल) र सुवास भण्डारी (क्रिकेट) मनोनयनमा परेका छन् । उत्कृष्ट प्रशिक्षकमा किशोरकुमार गुरुङ (आर्चरी), नीरज थापा (लनटेनिस) र सुरज सुनार (आइटिएफ तेक्वान्दो) छन् ।
विधागत उत्कृष्टलाई २३ वैशाखमा हुने समारोहमा अवार्ड प्रदान गरिनेछ । वर्ष खेलाडी पुरुष तथा महिलाले इलेक्ट्रिक स्कुटर, उदियमान र प्रशिक्षकले जनही रु ३५ हजार नगद पुरस्कार प्राप्त गर्ने मञ्च अध्यक्ष दीनानाथ बरालले बताए ।
मञ्चले यसबाहेक वर्ष उत्कृष्ट खेल सङ्घसंस्था वा क्लब, वर्ष उत्कृष्ट खेल पत्रकारलाई पनि जनही रु ३५ हजारसहित पुरस्कृत गर्नेछ । सोही दिन लाइफटाइम अचिभमेन्ट विधामा पनि सम्मान गरिनेछ । लाइफटाइम अचिभमेन्ट प्राप्त गर्नेलाई चाँदीको करुवासहित ट्रफी दिइने अध्यक्ष बरालले जानकारी दिए ।
















सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी पदमुक्त
१९ जिल्लामा हुलाकको घरमै सेवा : राहदानी, लाइसेन्स, शैक्षिक प्रमाणपत्रलगायत कागजात ढुवानी
पाठ्यक्रम समयसापेक्ष पुनरावलोकनका लागि कार्यदल गठन
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
प्रतिक्रिया