शुक्रबार, फागुन २२, २०८२

सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू-भागमा पानी पर्ने

मेरोन्यूज २०८० वैशाख १४ गते ६:२२

काठमाडौँ । अहिले मुलुकभर पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

Advertisement
nepal life insurencenepal life insurence

महाशाखाका अनुसार सुदूर पश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका भू–भागहरुमा आँशिक बदली तथा बाँकी भू–भागहरुमा मौसम समान्यतया सफा रहेको छ।

दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरुमा तथा देशका बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ।

रातिी पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आँशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। कोशी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ।

सुदूर पश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू–भागमा मेघ गर्जन र चट्याङ तथा तराई र पहाड दुवैमा हावा–हुरीबाट हुन सक्ने क्षति र जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ ।

प्रतिक्रिया