४१ रन बनाउँदा ६ विकेट गुमायो कतारले

काठमाडौँ । एसिसी प्रिमियर कपमा नेपालले दिएको १५८ रनको लक्ष्य पछ्याएको कतारको छैटौं विकेट गएको छ। छैटौं विकेटको रुपमा कप्तान मोहमद रिजलान ४ रनमा सन्दीप लामिछानेको बलमा आउट भए ।
इक्रमुल्लाह खान ५ रनमा सोमपाल कामीको बलमा भीम सार्कीबाट क्याच भए। सोमपालले यससँगै तीन विकेट लिइसकेका छन्।
सोमापालले यसअघि मोहमद तनविर शून्य र इमल लियानेजलाई ६ रनमा बोल्ड गरेका थिए।
यस्तै जाहीर इब्राहिमलाई सन्दीप लामिछानले १५ रनमा आरिफ शेखबाट क्याच गराए।
कतारका ओपनर कमरान खानलाई नेपालका ललितनारायण राजवंशीले ८ रनमा दीपेन्द्रसिंह ऐरीको हातबाट क्याच गराए।
कतारले १३ ओभरमा ४१ रन जोड्दा ६ विकेट गुमाएको छ।
एसिसी प्रिमियर कपअन्तर्गत नेपालले समूह ‘ए’ को अन्तिम खेलमा कतारलाई १५८ रनको लक्ष्य दिएको छ।
सुरुवातमा खराब ब्याटिङ गरेको नेपाल ४०.२ ओभरमा १५७ रनमा अलआउट भयो।
नेपालका लागि सन्दीप लामिछानेले सबैभन्दा बढी नटआउट ४२ रन जोडे।
















इरानका खानेपानी केन्द्र र विश्वविद्यालयहरूमा अमेरिका-इजरायलद्वारा आक्रमण
अमेरिकाद्वारा इरानमा जमिनमा आधारित सैन्य कारबाहीको तयारी -रिपाेर्ट
आज केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
बिपी राजमार्गमा सवारी सञ्चालनमा रोक
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
शपथलगत्तै एमाले सांसदहरूलाई च्यासल आउन निर्देशन
प्रतिक्रिया