सोमबार, मंसिर १५, २०८२

४१ रन बनाउँदा ६ विकेट गुमायो कतारले

मेरोन्यूज २०८० वैशाख १४ गते १४:०८

काठमाडौँ । एसिसी प्रिमियर कपमा नेपालले दिएको १५८ रनको लक्ष्य पछ्याएको कतारको छैटौं विकेट गएको छ। छैटौं विकेटको रुपमा कप्तान मोहमद रिजलान ४ रनमा सन्दीप लामिछानेको बलमा आउट भए ।

इक्रमुल्लाह खान ५ रनमा सोमपाल कामीको बलमा भीम सार्कीबाट क्याच भए। सोमपालले यससँगै तीन विकेट लिइसकेका छन्।

सोमापालले यसअघि मोहमद तनविर शून्य र इमल लियानेजलाई ६ रनमा बोल्ड गरेका थिए।

यस्तै जाहीर इब्राहिमलाई सन्दीप लामिछानले १५ रनमा आरिफ शेखबाट क्याच गराए।

कतारका ओपनर कमरान खानलाई नेपालका ललितनारायण राजवंशीले ८ रनमा दीपेन्द्रसिंह ऐरीको हातबाट क्याच गराए।

कतारले १३ ओभरमा ४१ रन जोड्दा ६ विकेट गुमाएको छ।

एसिसी प्रिमियर कपअन्तर्गत नेपालले समूह ‘ए’ को अन्तिम खेलमा कतारलाई १५८ रनको लक्ष्य दिएको छ।

सुरुवातमा खराब ब्याटिङ गरेको नेपाल ४०.२ ओभरमा १५७ रनमा अलआउट भयो।

नेपालका लागि सन्दीप लामिछानेले सबैभन्दा बढी नटआउट ४२ रन जोडे।

प्रतिक्रिया