स्वीडेनले सुडानबाट आफ्ना नागरिक फर्कायो

काठमाडौँ । स्वीडेनको सशस्त्र बलले सुडानमा आफ्नो उद्धार कार्य सम्पन्न गरेको छ । प्रधानमन्त्री उल्फ क्रिस्टर्सनले बिहीबार सोबारे जानकारी गराएका हुन् ।
स्वीडेनको सशस्त्र बलद्वारा सञ्चालित सात उडानमा ६० स्विडेनी नागरिकसहित १६० जनालाई द्वन्द्वग्रस्त देशबाट बाहिर निकालिएको क्रिस्टर्सनले पत्रकार सम्मेलनमा बताएको हो ।
साथै केही स्विडेनी नागरिकहरूले अन्य देशहरूद्वारा सञ्चालित उडानहरूमा सुडान छोडेका थिए । अप्रिल १५ मा सुडानी सशस्त्र बल र र्यापिड सपोर्ट फोर्सबीच सुडानको राजधानी खार्तुम र अन्य ठाउँहरूमा हिंसात्मक झडप भएको थियो ।
दुवै पक्षले मङ्गलबार ७२ घण्टाको युद्धविराममा सहमति जनाएका थिए । विश्व स्वास्थ्य सङ्गठनका अनुसार अशान्ति शुरु भएदेखि अहिलेसम्म ४०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने तीन हजारभन्दा बढी घाइते भएका छन् ।
अप्रिल १९ मा स्विडेनी सरकारले खार्तुममा रहेको स्विडेनी दूतावासलाई सहयोग सशस्त्र सेना परिचालन गर्ने निर्णय गरेको थियो ।
















आजका लागि विदेशी मुद्राको विनिमयदर स्थिर
आज यी स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना
पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रु बस दुर्घटना: १६ जना घाइते
सुशीला कार्कीकाे आक्राेश : अब बालेनकाे श्रीमतीलाई ‘आमा’ भन्नू
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
यस्तो छ आज तरकारीको मूल्य
प्रतिक्रिया