चीनसँग आर्थिक संलग्नता र साझेदारी निर्माण गर्न चाहन्छौंः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालले चीनसँग गहिरो आर्थिक संलग्नता र साझेदारी निर्माण गर्न चाहेको बताएका छन् ।
शुक्रबार काठमाडौंमा चीन सरकारले निर्माण गरेको निजामति कर्मचारी अस्पतालको नयाँ सर्जिकल भवन र पुरानो भवनको पुर्ननिर्माणसहितको हस्तान्तरण समारोहमा प्रधानमन्त्री दाहालले चीनले चिकित्सा विज्ञान र प्रविधिसहितको सामाजिक–आर्थिक विकासमा ठूलो फड्को मारेको भन्दै विकासका परिणामहरू प्रदान गर्न र नेपाली जनताको समृद्धि हासिल गर्न चीनसँग मिलेर काम गर्ने आकांक्षा रहेको बताए ।
प्रधानमन्त्री दाहालले स्वास्थ्य क्षेत्रमा नेपालले जनताको स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न, स्वास्थ्य सुविधाहरूमा सुधार गर्न, स्वास्थ्य पूर्वाधारको बिस्तार गर्न,अस्पतालहरूलाई आधुनिक र अत्याधुनिक सुविधाहरू प्रदान गर्न चीनसँग थप सहकार्य गर्ने बताए । डाक्टरहरू र स्वास्थ्यकर्मीहरूलाई ज्ञान, सीपहरू, अस्पताल र स्वास्थ्य सुविधाहरूलाई आवश्यक पर्ने प्रविधिको सहयोगको आवश्यकता रहेको प्रधानमन्त्रीको भनाइ थियो ।
प्रधानमन्त्री दाहालले नेपालको विकास प्रयासमा चीनको निरन्तर सहयोग मित्रवत र असल छिमेकी सम्बन्धको विशेषता भएको उल्लेख गरे । विकास पूर्वाधारहरू सिर्जना गर्न, कनेक्टिभिटी बढाउन, मानव संशाधनको विकास गर्न र अन्य मानिसहरूको जीविकोपार्जनलाई समर्थन गर्न चीन सरकरको धेरै सहयोगको आवश्यकता रहेको प्रधानमन्त्री दाहालको भनाइ थियो । उले नेपालका स्वास्थ्य पूर्वाधारहरू सिर्जना गर्न, अस्पतालहरूलाई उपकरण र चिकित्सा आपूर्तिमा चीनको समर्थन सह्रानीय रहेको भन्दै प्रशंशा गरे ।
दाहालले चीनका विभिन्न विश्वविद्यालयहरूमा अध्ययन गरेका डाक्टरहरुले निजामति कर्मचारी अस्पतालमा राम्रो काम गरिरहेको बताए । कोभिड महामारीको बेला जीवन बचाउने भ्याक्सिन, अत्यावश्यक चिकित्सा उपकरण र अन्य अत्यावश्यक चिकित्सा सामग्रीमा चीनले गरेको उदार सहयोगप्रति कृतज्ञ रहेको भन्दै चीन सरकारलाई धन्यवाद दिए ।
















नाइजेरियाली सेनाद्वारा अपहरण गरिएका ३१ जनालाई उद्धार, ५ जनाको मृत्यु
हुलाकका कुरियर ‘एक्सप्रेस वे’मार्फत, सार्वजनिक बिदाको दिन पनि सेवा
ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिट : आज पनि निरन्तर सुनुवाइ
फेवाताल जग्गा प्रकरणमा आफू ठगिएको गृहमन्त्री गुरुङको दावी
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नेपाली क्लाइम्बिङ टोली चीन जाने
नेपाल लाइफले भन्यो– दिपक भट्ट र ब्रोकर ५५ सँग कुनै कारोबार छैन
प्रतिक्रिया