रुसद्धारा युक्रेनमा एकै दिन २३ मिसाइल प्रहारः १६ जनाको मृत्यु

रुसले शुक्रबार युक्रेनमा एकैदिन २३ वटा मिसाइलले आक्रमण गरेको छ । जसमा विभिन्न सहरका ३ बालबालिकासहित १६ जनाको मृत्यु भएको छ । रिपोर्टका अनुसार उमान सहरमा १३ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् ।
डिनिप्रोमा एक घरमा प्रहार गर्दा एक २ वर्षीया बालिका र उनकी आमाको मृत्यु भएको छ । त्यहाँ तीन जना घाइते भएका छन् । अल जजिराको रिपोर्टका अनुसार त्यहा मृत्यु हुनेको संख्या बढ्न सक्छ ।
युक्रेनको राजधानी सहर किभ र क्रेमेन्चुकमा पनि विस्फोट भएको छ । जेलेन्स्कीले १० आवासीय भवन पनि रुसी मिसाइलको आक्रमणमा परेको बताए । उनले सामाजिक सञ्जालमा शैतानलाई हतियारले मात्र रोक्न सकिने बताएका छन् ।
कीभ सहरको सैन्य प्रशासनका अनुसार पछिल्लो ५१ दिनमा युक्रेनको राजधानीमा भएको यो पहिलो हमला हो ।
आक्रमणबाट ध्वस्त भएको भवनमा बस्ने एक व्यक्तिले उक्त मिसाइल आक्रमण अत्यन्तै शक्तिशाली रहेको र वरपरका सबै चीजहरू हल्लाएर विस्फोट भएको बताए।
-एजेन्सी
















बाढीपहिरोका कारण अवरुद्ध यी पाँच वटा राजमार्ग सञ्चालन
काठमाडौँका भूमिहीन र अव्यवस्थित बसोबासीको डिजिटल लगत सङ्कलन गर्दै सरकार
आयोगद्वारा यादव विरुद्ध सर्वोच्चमा पुनरावेदन
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध उजुरी दिन १० दिनको समय
खाद्य गुणस्तर सुधार्न र पारदर्शिता बढाउन कृषि मन्त्रीको निर्देशन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया