चार प्रदेशका पहाडी भू-भागमा वर्षा

काठमाडौँ । अहिले मुलुकभर पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले मुलुकभर आँशिक बदली रही लुम्बिनी, कर्णाली र गण्डकी प्रदेशका थोरै स्थानहरूमा साथै कोशी र बागमती प्रदेशका पहाडी भुभागका एक र दुई मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भईरहेको छ।
दिउँसो देशभर आंशिक बदली रहने छ। पहाडी भू–भागका केही स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको तथा तराईका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको छ।
राति देशभर आंशिक देखि सामान्य बदली रहने छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा मेघ गर्जन रचट्याङसहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको छ।
महाशाखाले मेघ गर्जन, चट्याङ र हावा–हुरीबाट हुन सक्ने क्षति र जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।














स्रोत नखुलेको रु २७ लाखसहित दुई जना पक्राउ
पहिराले मुख्य राजमार्ग र सडकखण्ड पूर्ण रुपमा अवरुद्ध
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
प्रतिक्रिया