बुधबार, पुष ९, २०८२

कांग्रेस नेता भण्डारी स्वदेश फिर्ता, आमा गुमेको बल्ल थाहा पाए

मेरोन्यूज २०८० वैशाख १७ गते १९:५२

काठमाडौँ । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी स्वदेश फर्किएका छन् । भारतको मुम्बईस्थित नेशनल बर्न अस्पतालमा उपचारपछि उनी आज स्वदेश फर्किएका हुन् ।

गत फागुन ३ गते बुद्धनगरस्थित निवासमा ग्यास लिक हुदाँ आगालागीमा परी गम्भीर घाइते भण्डारी तीन महिना लामो स्वास्थ्य उपचारपछि स्वदेश फर्किएका हुन् ।

उनीसँगै घटनामा घाइते भएकी उनकी आमा हरिकलाको भने उपचारका क्रममा गत फागुन ४ गते निधन भएको थियो । उनले पत्रकार सम्मेलनमा आमा नभएको आफूलाई भर्खरै थाहा भएको बताए ।

प्रतिक्रिया