सोमबार, मंसिर १५, २०८२

वर्षाले दोस्रो पटक रोकियो नेपाल र युएईबीचको खेल

मेरोन्यूज २०८० वैशाख १८ गते ११:५७

काठमाडौँ । एसिसी प्रिमियर कपअन्तर्गत नेपाल र युएईबीचको फाइनल खेल फेरि वर्षाले रोकिएको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले २७.३ ओभरमा ९ विकेटको क्षतिमा १०६ रन जोडेको छ ।

युएईका लागि आसिफ खानले सबैभन्दा बढी ४६ रन जोडे । उनलाई आठौं विकेटको रुपमा नेपालका ललितनारायण राजवंशीले आरिफ शेखबाट क्याच गराए। लगत्तै ललितले जहूर खानलाई शून्यमा आउट गरे।

नेपालका लागि सन्दीप लामिछानले सातौं विकेट लिए। उनले युएईका आयन खानलाई ५ रनमा कुशल मल्लबाट क्याच गराए। युएईले २५।४ ओभरमा ७ विकेट गुमाउदा १०३ रन जोडेको छ।

त्यसअघि गुल्सन झाले युएईका बासिल हामिदलाई १० रनमा बोल्ड गरेका छन्।

युएईका ओपनरद्वय मोहमद वासीम ११ रन र आर्यन लक्रा १३ रनमा आउट भए। वासीमलाई सोमपाल कामी र आर्यनलाई करण केसीले आउट गरे।

यस्तै वृत्य अरिवन्द ८ रन र रमिज शाहजाद १ रनमा आउट भए। वृत्यलाई करण र रमिजलाई ललितनारायण राजवंशीले आउट गरे।

रोहान मुस्ताफालाई २ रनमा सन्दीप लामिछानले आउट गरे।

नेपालका लागि ललितले तीन विकेट लिएका छन्। सन्दीप लामिछाने र करण केसीले २, २ विकेट लिँदा सोमपाल कामी र गुल्सन झाले एक एक विकेट लिइसकेका छन्।

यो खेलको विजेता एसिया कपमा छनोट हुनेछ भने एसिया कपमा भारत र पाकिस्तानसँग खेल्नेछ।

प्रतिक्रिया