तीन वर्षपछि एकसाथ देखिए पल र आँचल

काठमाडौं । तीन वर्षपछि आँचल शर्मा र पल शाह एकसाथ देखिएका छन् । हालै प्रर्दशनमा आएको आचँल अभिनित चलचित्र ‘नाइँ नभन्नु ल ६’ हेर्न पल काठमाडौं स्थित लबिम हल पुगेका थिए । यसैबीचमा ‘आँप’जोडीलाई एकसाथ देखिएको हो ।
फिल्म स्क्रिनिङपछि मिडियासंग कुरा गर्दै आँचलले उद्योगकै ‘वान एण्ड वन्ली’ साथी पल भएको बताइन् । पलले ‘नाइँ नभन्नु ल ६’ हेर्दा आँचलको अभिनयले मन जितेको र उनको अभिनय कलामा सुधार आएको बताए।
सञ्चारकर्मीले संगै काम गर्ने तयारीबारे सोधेको प्रश्नमा पलले यसबारे आफुलाइ अफरहरु आइरहेको तर राम्रो स्क्रिप्टि नआउँदासम्म काम नगर्ने बताए । उनले भने, ‘आँचलजीसँग त मेरो सबैभन्दा रुचाइएको केमेस्ट्री हो । हामी फिल्ममा एकसाथ आउने भएपछि स्क्रिप्ट पनि त बलियो नै चाहियो । एकदिन सहकार्य हुन सक्छ ।’
आचँलले भने आपको सिजन आइरहेको र आप जोडीको प्रस्तुती सिजनमै आउँछ भन्दै संकेत गरेकी थिइन् ।
पलले आफूलाई सबैभन्दा मन पर्ने शृंखला ‘नाइँ नभन्नु ल ४’ भएको बताए ।
पल र आँचल दुवैले ‘नाइँ नभन्नु ल ४’ बाट अभिनयमा डेब्यु गरेका थिए । उनीहरूले ‘जोनी जेन्टलम्यान’ र ‘शत्रु गते’ फिल्ममा पनि सँगै अभिनय गरेका छन् ।

















कांग्रेस नेता पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय सदस्यहरूको बैठक
हावाहुरीबाट मधेस प्रदेश प्रभावित : सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु
अध्ययन बिदामा गएका प्राध्यापक नफर्किँदा त्रिविलाई दुई अर्ब नोक्सानी, फिर्ता गर्न थाले तलबभत्ता
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
रास्वपाले टुंग्यायो संसदीय समिति सभापति उम्मेदवार
प्रतिक्रिया