उपसचिव भट्टराईविरुद्ध एक करोड १५ लाख भ्रष्टाचारको मुद्दा दर्ता

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालयको सुकेधारामा कार्यरत उपसचिवविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ ।
सवारी चालक अनुमतिपत्र कार्यालयका उपसचिव सुन्दर भट्टराईविरुद्ध आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको हो । उनी सरकारी सेवा प्रवेश गरेको २०३८ साउन १ देखि २०७५ मंसिर मशान्तसम्म गरेको आम्दानी र खर्चको हिसाब गर्दा एक करोड १५ लाख २९ हजार १९३ रुपैयाँको स्रोत नखुलेको अख्तियारको दाबी छ ।
उनको वैध आम्दानी एक करोड ९२ लाख एक हजार ९२२ रहेको आयोगले जनाएको छ । तर, उनको खर्च तीन करोड ७ लाख ३१ हजार ११६ रुपैयाँ देखिएको छ ।
अख्तियारले भट्टराईविरुद्ध एक करोड १५ लाख २९ हजार बिगो माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ । उनले अवैध आर्जनको सम्पत्ति पत्नी मुना अधिकारी भट्टराई र छोरा उत्सुक भट्टराई, छोरी प्रेरिका भट्टराईको नाममा राखेको देखिएको छ ।
















युक्रेनबारे यसै साता अबुधाबीमा वार्ता हुने क्रेमलिनद्वारा पुष्टि
बोर्डले सार्वजनिक ग-यो प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवरण
पुस महिनाको मुद्रास्फीति दुई दशमलव ४२ प्रतिशत
त्रिभुवन विश्वविद्यालयद्वारा परीक्षा प्रणाली विकेन्द्रीकरण सुरु
यस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
माघ १७ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कम्युनिष्ट एकता आजको आवश्यकता होः संयोजक दाहाल
प्रतिक्रिया