साकेलामा गायनतर्फ दियाली र नृत्यतर्फ राई प्रथम

खोटाङ । खोटाङको साकेला गाउँपालिकामा आयोजना गरिएको ‘पालिका प्रतिभा–२०८०’मा गायनतर्फ रवीन दियाली र नृत्यतर्फ मेनुका राई प्रथम भएका छन् ।
गाउँपालिकासँगको सहकार्यमा खोटाङ कलाकार समाजले गरेको प्रतियोगितामा जिल्लाका दशवटै पालिकामा प्रतिभा खोजी अभियानअन्तर्गत मंगलबार साकेलामा फाइनल अडिसनमार्फत गायन र नृत्य विद्याको उत्कृष्ट तीन–तीन प्रतिभा छनोट गरिएका थिए । गायनतर्फ जुनु राई द्वितीय र राइसर राई तृतीय भएका आयोजक खोटाङ कलाकार समाजका अध्यक्ष रुपकुमार राईले जानकारी दिए ।
यसैगरी नृत्यतर्फ सुजता भुजेल द्वितीय र स्मारिका राई तृतीय भएका छन् । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने सहभागीलाई क्रमशः १० हजार, सात हजार र पाँच हजारका साथै प्रमाणपत्र प्रदान गरिएको छ । विजेता तथा सहभागीलाई आयोजक संस्थाका अध्यक्ष राई, साकेला गाउँपालिकाका उपाध्यक्ष बिर्सिका राई र प्रमुख प्रशासकीय अधिकृत महेश राईले पुरस्कार प्रदान गरे ।
‘नयाँ प्रतिभालाई प्रोत्साहन, पूराना स्रष्टालाई उच्च सम्मान, लुकेका कलालाई खोजी गर्दै समाजलाई सु–संस्कृत बनाउने खोटाङ कलाकार समाजको अभियान’ नारासहित जिल्लाका १० वटै स्थानीय तहमा प्रतिभा छनोट कार्यक्रम गरिएको हो । स्थानीय तहबाट छनोट भएका प्रतिभालाई जिल्लाव्यापी प्रतियोगितामा सहभागी गराएर ‘खोटाङ प्रतिभा–२०८०’ छनोट गरिने आयोजकले जनाएको छ ।


















बैतडीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
धनुषामा पुरुषको शव फेला
होर्मुज सुरक्षामा अन्तर्राष्ट्रिय चासो
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
कञ्चनपुरमा लागुऔषध मुद्दामा ३३४ जना पक्राउ
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
आजदेखि काठमाडौंमा रात्रिकालीन बससेवा सञ्चालन
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
‘भेहिकल फ्री असन’ वैशाख ५ गतेदेखि सुरु हुने
प्रतिक्रिया