मोरङको लेटाङमा जीप भीरबाट पल्टिँदा दुईको मृत्यु
मेरोन्यूज
२०८० वैशाख २१ गते ८:४१

विराटनगर । मोरङको लेटाङमा जीप भीरबाट पल्टिँदा दुई जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् ।
लेटाङ नगरपालिका–७ भिरिङखामा बुधबार साँझ भीरबाट जीप पल्टिँदा चालकसहित २ जनाको मृत्यु भएको हो । दुर्घटनामा घाइते भएकाको धरानमा उपचार भइरहेको छ ।
प्रदेश १–०२–००१ ज ३९५३ नम्बरको जीपका चालक मोरङको पथरी शनिश्चरे नगरपालिका घर भएका ३० वर्षीय मनोज दियाली र जीपमा सवार लेटाङ– ३ का ७४ वर्षीय जीवन श्रेष्ठको मृत्यु भएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक सुनीलकुमार श्रेष्ठले जानकारी दिए ।
दुर्घटनामा घाइते भएका दुवै जनाको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते लेटाङ– ६ का ५५ वर्षीय रुद्र लम्सालको उपचार भइरहेको छ ।
सम्बन्धित
















युक्रेनबारे यसै साता अबुधाबीमा वार्ता हुने क्रेमलिनद्वारा पुष्टि
बोर्डले सार्वजनिक ग-यो प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवरण
पुस महिनाको मुद्रास्फीति दुई दशमलव ४२ प्रतिशत
त्रिभुवन विश्वविद्यालयद्वारा परीक्षा प्रणाली विकेन्द्रीकरण सुरु
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
कम्युनिष्ट एकता आजको आवश्यकता होः संयोजक दाहाल
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
माघ १७ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया