मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

मकवानपुर । मकवानपुरको हेटौँडा–कुलेखानी–काठमाडौँ सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु भएको छ ।
भीमफेदी गाउँपालिका–६ जुरिखेतस्थित सडकमा बुधबार साँझ काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको बागमती प्रदेश ०२०२० प ४२३७ नं को मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
दुर्घटनामा परी मोटरसाइकल चालक बाराको पर्सौनी नगरपालिका वडा नं ५ का २५ वर्षीय लालबाबु सहनी मलाहा र पछाडि सवार सोही स्थानका २० वर्षीय गोरख भन्ने रवीन्द्र मण्डलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एंव प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
दुर्घटनामा परी घाइते भएका मोटरसाइकल चालक मलाहाको हेटौँंडा अस्पतालमा उपचारका क्रममा र मण्डलको घटनास्थलमै मृत्यु भएको कार्कीले बताए । मृतक दुवैको शव हेटौँडा अस्पतालमा रहेको प्रहरीले जनाएको छ ।
















युक्रेनबारे यसै साता अबुधाबीमा वार्ता हुने क्रेमलिनद्वारा पुष्टि
बोर्डले सार्वजनिक ग-यो प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवरण
पुस महिनाको मुद्रास्फीति दुई दशमलव ४२ प्रतिशत
त्रिभुवन विश्वविद्यालयद्वारा परीक्षा प्रणाली विकेन्द्रीकरण सुरु
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
कम्युनिष्ट एकता आजको आवश्यकता होः संयोजक दाहाल
माघ १७ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया