बाँकेमा डेङ्गुको संक्रमण बढ्यो, सर्तकता अपनाउन अपिल

काठमाडौँ । बाँकेमा डेङ्गुको संक्रमण बढ्न थालेको छ । जिल्लाको कोहलपुरमा पाँचजनामा डेङ्गुको संक्रमण देखिएको हो ।
कोहलपुर नगरपालिकास्थित नगर अस्पतालको प्रयोगशालामा परीक्षण गरिएकामध्ये पाँचमा डेङ्गुको संक्रमण देखिएको अस्पतालका प्रयोगशाला इञ्चार्ज दीपक शर्माले बताए । उनका अनुसार कोहलपुर २ का दुई, वडा नं ५, ११ र १४ का एक÷एक जनामा डेङ्गु संक्रमण देखिएको हो ।
उनीहरु सबैमा रोगको लक्षण देखिएको छ । अस्पतालका डा. रवि शर्मा वाग्लेले संक्रमितलाई अस्पतालको निगरानीमा राखेर उपचारसँगै परामर्श दिइरहेको बताए । उनका अनुसार बिरामीको स्वास्थ्य अवस्था सुधार भइरहेको छ ।
जिल्ला स्वास्थ्य कार्यालयका कीटजन्य रोगका स्रोत व्यक्ति दुर्गा गौतमका अनुसार डेङ्गु संक्रमण बढ्न सक्ने अवस्थालाई ध्यानमा राख्दै स्वास्थ्य कार्यालयले स्थानीय तहका स्वास्थ्य शाखालाई सर्तकता अपनाउन अपिल गरेको छ ।
आर्थिक वर्ष २०७९–८० को भदौ, असोज र कात्तिकमा जिल्लामा डेङ्गुको प्रकोप फैलिएको थियो । यी तीन महिनामा मात्रै १७० जनाभन्दा बढी व्यक्ति डेङ्गुबाट संक्रमित भएका थिए ।
















महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
वीरगञ्ज हुँदै ४८ अर्ब १० करोडको निर्यात
Gold, silver prices decline
HoR elections: Dalit community sees meager candidacies under FPTP electoral system
दुर्गा प्रसाईं पोखराबाट पक्राउ
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
झापा ५ मा ओली र बालेन भिड्ने पक्का
रास्वपाले आशिका तामाङलाई दियो टिकट
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
प्रतिक्रिया