टोपबहादुर रायमाझीलाई फरार सूचीमा राख्ने तयारीमा प्रहरी

काठमाडौँ । नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको प्रकरणमा पक्राउ पुर्जी जारी भएका नेकपा (एमाले) का सचिव एवं प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझीलाई फरार सूचीमा राख्ने तयारीमा प्रहरी लागेको छ ।
बुधबार पक्राउ पुर्जी जारी भएका रायमाझीले बिहीबारसम्म प्रहरीमा आउने बताएका थिए । प्रहरी उच्च स्रोतका अनुसार पक्राउ पुर्जी जारी भइसकेको सांसदजस्तो मान्छे सम्पर्कविहीन भएपछि फरारको सूचीमा राख्ने तयारी गरिएको छ ।
बुधबार साँझ अर्घाखाँचीमा भएको कार्यक्रम सकेर बुटवल आएका रायमाझीको फोन स्विच अफ छ।
प्रहरीले बिहीबारदेखि उनको खोजी गरिरहे पनि रायमाझी सम्पर्कमा नआएको काठमाडौँ प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिए । आफूहरूले रायमाझीमाथिको अनुसन्धान निरन्तर अघि बढाउने उनले बताए ।
यही प्रकरणमा पक्राउ पुर्जी जारी भएका पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ का छोरा प्रतीक थापालाई पनि प्रहरीले अहिलेसम्म पक्राउ गरेको छैन।
पक्राउ पुर्जी जारी भएपछि बिहीबार एक वक्तव्य जारी गर्दै प्रतीकले आफू निर्दोष रहेको र प्रहरीको अनुसन्धानमा सहयोग गर्ने बताएका थिए।
















जुम्लामा बढ्यो चुनावी सरगर्मी
नेपालमा निपाह भाइरसको जोखिम न्यून भए पनि सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह
त्रिविको शिक्षाशास्त्र सङ्कायले पायो ‘क्युएए’
न्युयोर्कमा अत्यधिक चिसोका कारण १४ जनाको मृत्यु
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
माघ १७ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कम्युनिष्ट एकता आजको आवश्यकता होः संयोजक दाहाल
प्रतिक्रिया