सोमबार, माघ १९, २०८२

घुस लिन महोत्तरीदेखि काठमाडौँका आएका प्रहरीका सई पक्राउ

मेरोन्यूज २०८० वैशाख २२ गते १७:५७

काठमाडौं । घुस लिन महोत्तरीदेखि काठमाडौँ आइपुगेका प्रहरीका एक सई पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सई विनोद विष्टलाई बुधबार पक्राउ गरेको हो ।

उनको साथबाट अख्तियारको टोलीले घुस बापतको ५० हजार नगद र १ लाख रुपैयाँ चेक बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीमा कार्यरत विष्टले भवन निर्माणसम्बन्धी ठेक्काको म्याद थपका लागि सहजीकरण गरिदिने भन्दै घुस मागेको उजुरी परेको थियो ।

प्रतिक्रिया