नेशनल दैनिक डटकमको प्रकाशन/प्रशारण बन्द गर्ने काउन्सिलको निर्णय
मेरोन्यूज
२०८० वैशाख २५ गते ७:५४

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाण, उहाँकी श्रीमति मञ्जु खाण र नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा.आरजु राणा देउवाको नक्कली आवाजको भिडियो बनाई पोष्ट गर्ने नेशनल दैनिक डटकम नामको वेभपोर्टलको प्रकाशन/प्रशारण बन्द गर्ने निर्णय प्रेस काउन्सिलले गरेको छ ।
काउन्सिलका उप–प्रशासकीय अधिकृत रामशरण बोहोराले विज्ञप्ति जारी गर्दै नेशनल दैनिक डटकमबाट सम्प्रेशित सामग्री अनुगमन गर्दा एक पक्षीय पत्रकार आचार संहिता प्रतिकुल भएको देखिएकोले अर्को व्यवस्था नहुञ्जेलसम्म नेपालभित्र सम्प्रेषण नहुने निर्णय भएको उल्लेख गरेका छन् ।
काउन्सिलले यो निर्णयको पत्र नेपाल दुरसञ्चार प्राधिकरण कान्तिपथलाई पठाएको छ । साथै पत्रको बोधार्थ नेपाल प्रहरी साइवर व्यूरो भोटाहिटीलाई पनि पठाइएको छ ।

सम्बन्धित
















यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय
होर्मुज जलडमरूमध्यमा अवरोधबीच ‘ओपेक प्लस’ देशहरूले उत्पादन बढाउने निर्णय
‘धुरन्धर २’ ले तोड्यो ‘बाहुबली २’ को रेकर्ड, बन्याे सर्वाधिक कमाउने दोस्रो भारतीय फिल्म
गर्मीमा खानै हुन्न यी खानेकुरा
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु
प्रतिक्रिया