नेपाल प्रहरीका आइजीपीको अमेरिका भ्रमण रद्द, पाँच अधिकृतको टोली प्रस्थान

काठमाडौँ । नेपाल प्रहरीका आइजिपी बसन्तबहादुर कुँवरको अमेरिकाको भ्रमण रद्द भएको छ । अमेरिकामा आयोजना हुने लिडरशिप एक्चेन्ज कार्यक्रममा सहभागी हुने तय भएको उनको भ्रमण रद्ध भएको हो ।
आइजीपी नजाने भएसँगै प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यको नेतृत्वमा पाँच सदस्यीय टोली सोमबार अमेरिका प्रस्थान गरेका छन् । बज्राचार्यसँगै कार्यक्रममा सहभागी हुनेमा प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरी, प्रहरी नायव महानिरीक्षक रामदत्त जोशी, प्रहरी वरिष्ठ उपरीक्षक ए.एम. चन्द्र बहादुर धामी र प्रहरी उपरीक्षक सन्तोष खड्का रहेका छन् ।
उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी नायव महानिरीक्षक लगायत प्रहरी अधिकृतहरूले शुभ कामनासहित विदाइ गरे । कार्यक्रम वैशाख २७ देखि २९ गतेसम्म वासिङ्टन डि.सी. र न्यूयोर्कमा संचालन हुने भएको हो ।
कार्यक्रममा सुरक्षा चुनौती र आतंकवाद, डिजिटल अपराध, क्रिप्टोकरेन्सी कारोबार लगायतका वित्तीय अपराध अनुसन्धान तथा नियन्त्रण र यससम्बन्धी ज्ञान तथा अनुभव आदान प्रदान हुने छ ।
















युक्रेनबारे यसै साता अबुधाबीमा वार्ता हुने क्रेमलिनद्वारा पुष्टि
बोर्डले सार्वजनिक ग-यो प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवरण
पुस महिनाको मुद्रास्फीति दुई दशमलव ४२ प्रतिशत
त्रिभुवन विश्वविद्यालयद्वारा परीक्षा प्रणाली विकेन्द्रीकरण सुरु
यस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
माघ १७ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कम्युनिष्ट एकता आजको आवश्यकता होः संयोजक दाहाल
प्रतिक्रिया