सोमबार, माघ १९, २०८२

१० किलो चरेस जस्तो लागू औषधसहित दुई महिला पक्राउ

मेरोन्यूज २०८० वैशाख २६ गते १७:३७

कपिलवस्तु । जिल्लाको कृष्णनगर नगरपालिका २ यात्रुगेटबाट अवैध लागू औषध चरेस जस्तो देखिने कालो पदार्थ १० किलोसहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा धादिङ खनियाबास गाउँपालिका ५ बस्ने ४९ वर्षीया संगिता तामाङ र सत्यवती गाउँपालिका १ बस्ने ५९ वर्षीया सेती तामाङ रहेका छन् ।

इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेका उनीहरूलाई जाँच गर्ने क्रममा कपडामा सिलाई ५/५ केजीका दरले दुवै जनाले कम्मरमा लुकाई राखेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेहको छ ।

प्रतिक्रिया