मेसी पनि साउदी अरेबियामा जाने निश्चित
मेरोन्यूज
२०८० वैशाख २६ गते १८:०१

काठमाडौं । लियोनेल मेसी अन्ततः साउदी अरेबिया जाने निश्चित भएको छ । समाचार एजेन्सी एएफपीले मेसीले साउदी प्रो लिग क्लब अल हिलालको अफरलाई स्वीकार गरेको पुष्टि गरेको हो ।
अल हिलालले मेसीलाई ४०० मिलियन बार्षिक पारिश्रमिक दिने अफर यसअघि गरेको थियो ।
एएफपीले अल हिलालसँगको डिलमा सहभागीलाई उदृत गर्दै मेसी साउदी जाने निश्चित भएको दाबि गरेको छ ।
मेसी साउदी जाने निश्चित भएसँगै मेसी र क्रिस्टियानो रोनाल्डो फेरी २०१८ पछि एकै लिगमा हुने भएका छन् । साउदी अरबको पर्यटन दूत समेत रहेका मेसीलाई अल हिलालले अल नासरले रोनाल्डोलाई दिएको भन्दा दोब्बर पारिश्रमिक दिएर भित्र्याउने भएको हो ।
यसअघि मेसीलाई पुनः भित्र्याउन बार्सिलोनाले प्रयास क्लबको आर्थिक संकटका कारण असफल भएपछि मेसीले साउदी रोजेको बताइएको छ ।
सम्बन्धित
















आयोगद्वारा यादव विरुद्ध सर्वोच्चमा पुनरावेदन
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध उजुरी दिन १० दिनको समय
खाद्य गुणस्तर सुधार्न र पारदर्शिता बढाउन कृषि मन्त्रीको निर्देशन
नेपालको प्राथमिकताको क्षेत्रमा सहयोग गर्न इयूको चासो
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया