लेखिका करेललाई ट्रम्पले यौन दुर्व्यवहार गरेको अदालतको ठहर

काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले लेखिका ई. जीन केरललाई यौन दुर्व्यवहार गरेको ठहर गर्दै पीडितलाई क्षतिपूर्ति वाफत ५० लाख डलर दिनुपर्ने फैसला सुनाएको छ ।
न्युयोर्कको सिभिल कोर्टले ट्रम्पलाई यौन दुर्व्यवहारमा दोषी ठहर गरेको हो ।
म्यागेजिनकी लेखिका केरलले सन् १९९० मा ट्रम्पले आफूलाई यौन दुर्व्यवहार र आफ्नो मानहानी गरेको आरोप ट्रम्पमाथि लगाएकी थिइन् । सोही मुद्दामा अदालतले ट्रम्पलाई दोषी ठहर गरेको बीबीसीले जनाएको छ । ट्रम्पले एक डिपार्टमेन्टल स्टोरको ड्रेसिङ रुममा आफूलाई बलात्कार गरेको आरोप उनको थियो ।
ट्रम्पले सामाजिक सन्जालमार्फत् प्रतिक्रिया सार्वजनिक गर्दै अदालतको फैसला अपमानजनक भएको बताएका छन् । ती महिलालाई आफूले नचिन्ने ट्रम्पले उल्लेख गरेका छन् ।
लेखिका केरलले सन् १९१९ मा प्रकाशित गरेको एक पुस्तकमा ट्रम्पले आफूलाई गरेका दुर्व्यवहारबारे उल्लेख गरेकी थिइन् । यो फैसलाविरुद्ध अपिल गर्ने ट्रम्पको योजना रहेको बीबीसीले जनाएको छ ।
















रूसद्वारा विजय दिवसमा सैन्य प्रदर्शन, पुटिने गरे नेटोको आलोचना
प्रधानन्यायाधीश सिफारिस कार्यक्षमताका आधारमा : उपसभामुख ठाकुर
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
राष्ट्रियताका मुद्दामा सरकारलाई पार्टीको पूरा सहयोग हुन्छ- सभापति थापा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया