पाँच सय ५६ वटा चौरी गाईको पुच्छरसहित चार जना पक्राउ

महोत्तरी । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका -३ स्थित मलिवाडा बसपार्कबाट बुधबार सशस्त्र प्रहरीले करिव २८ लाख ३० हजार रुपैयाँ बराबरकोे ५ सय ५६ वटा चौरी गाईको पुच्छर सहित चार जनालाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने विकास कुमार महत्तो, धादिङ्ग जिल्लाको गजुरी गाउँपालिका ८ बस्ने ३६ बर्षिय उमेश बहादु्र बस्नेत, बारा जिल्लाको सिमरा नगरपालिका १ बस्ने ६० बर्षिय सुमन मान्नधर र धनुषा जिल्लाको हसपुर नगरपालिका ४ बस्ने ३७ बर्षिय मोहमद अजिन रहेका छन् ।
काठमाडौंबाट जलेश्वरहुदै मलिवाडा रुटमा चल्ने प्रदेश २–०३–००१ ख १२१५ नम्बरको यात्रुवाहक बसबाट मलिवाडा बसपार्कमा उल्लेखित मुल्य बराबरको चौरी गाईको पुच्छर निकाली ठेलामा राख्ने क्रममा सशस्त्र प्रहरी बल नेपाल नम्बर ९ गण महोत्तरीले नियन्त्रणमा लिएको हो ।
पक्राउ परेकाहरुलाई चौरी गाईको पुच्छरसहित आवश्यक कारबाहीको लागि सशस्त्र वन सुरक्षा शाखा माईस्थान महोत्तरीमा बुझाइएको छ । सो बस समेत आवश्यक छानविनको लागि सोही शाखामा बुझाइएको छ ।
















युक्रेनबारे यसै साता अबुधाबीमा वार्ता हुने क्रेमलिनद्वारा पुष्टि
बोर्डले सार्वजनिक ग-यो प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवरण
पुस महिनाको मुद्रास्फीति दुई दशमलव ४२ प्रतिशत
त्रिभुवन विश्वविद्यालयद्वारा परीक्षा प्रणाली विकेन्द्रीकरण सुरु
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
माघ १७ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कम्युनिष्ट एकता आजको आवश्यकता होः संयोजक दाहाल
प्रतिक्रिया