दरबारमार्ग जान नमानेपछि खाणलाई डिएसपी भरत शाहको कार्यकक्ष

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ गरिएका पूर्वगृहमन्त्री खाणलाई जिल्ला प्रहरी परिसर काठमाडौंले प्रहरी नायब उपरीक्षक(डिएसपी)को कोठालाई हिरासत कक्ष बनाइदिएको छ ।
काठमाडौँ प्रहरी परिसरका अनुसार कांग्रेस नेता एवं पूर्वगृहमन्त्री खाणलाई परिसरले डिएसपी भरत साहको कक्ष उपलब्ध गराएको हो ।
प्रहरीले दरबारमार्गस्थित प्रहरी बृत्तमा लैजान खोजे पनि नमानेपछि खाणलाई डिएसपीको कक्ष उपलब्ध गराइएको स्रोतले बतायो ।
खाणलाई राख्ने भएपछि प्रहरीले शाहको कार्यकक्षमा राखिएका टेबुल–कुर्सी खाली गरेर सुत्ने खाटको व्यवस्था गरिदिएको परिसरले जनाएको छ ।
खाण सुत्ने विस्तारा भने घरबाटै पु¥याइएको छ । खाना पनि खाणले घरबाटै ल्याएको खान्छन् । पानी प्रहरीले कोठामै उपलब्ध गराएको छ । उनलाई नित्यकर्म तथा ‘फ्रेस’ हुन जुनियर प्रहरी अधिकृतको ट्वाइलेट तथा बाथरुम प्रयोग गर्न दिएको छ ।
परिसरले अन्य सर्वसाधारण अभियुक्तका लागि एउटा मात्रै थुनुवा कक्षको प्रबन्ध गरे पनि खाणलाई डिएसपीको कोठा उपलब्ध गराएको हो । हिरासतमा दैनिक कम्तीमा ४० थुनुवा रहने गर्छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा खाणलाई प्रहरीले बुधबार बिहान उनकै निवास चावहिल मैजुबहालबाट पक्राउ गरेको थियो । यही प्रकरणमा पक्राउ परेका उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलाई भने सिंहदरबार बृत्तमा राखिएको छ ।
















बोर्डले सार्वजनिक ग-यो प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवरण
पुस महिनाको मुद्रास्फीति दुई दशमलव ४२ प्रतिशत
त्रिभुवन विश्वविद्यालयद्वारा परीक्षा प्रणाली विकेन्द्रीकरण सुरु
जुम्लामा बढ्यो चुनावी सरगर्मी
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
माघ १७ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कम्युनिष्ट एकता आजको आवश्यकता होः संयोजक दाहाल
प्रतिक्रिया