फरार टोपबहादुरको पत्र बोकेर आउने व्यक्ति खोज्न प्रहरीले लग्यो फुटेज
मेरोन्यूज
२०८० वैशाख २९ गते १७:४८

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा फारर एमाले सचिव टोपबहादुर रायमाझीको खोजी गर्न प्रहरीले नयाँ शिराबाट सुरु गरेको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले संसद् सचिवालयबाट सीसीटीभी फुटेज लगेर सांसदसमेत रहेका रायमाझीको खोजीमा नयाँ शिरा तय गरेको हो ।
संसदमा आफू बिरामी भएको पत्र पठाएका रायमाझीको पत्र बोकेर आउने व्यक्तिको पहिचान गर्न प्रहरीले संसद सचिवालयको सीसीटीभी फुटेज लगेको हो ।
‘मंगलबार बिहान १० बजेदेखि ५ बजेसम्म संसद् सचिवालयका चार वटा सीसीटीभी क्यामेराको फुटेज लगिएको छ,’ संसद् सचिवालयले जनाएको छ ।
नक्कली शरणार्थी प्रकरणमा प्रहरीले वैशाख २० गते पक्राउ पुर्जी जारी गरेसँगै रायमाझी फरार भएका छन् । उनको खोजी गर्न प्रहरीले सबै जिल्लामा कर्मचारी परिचालन गरेको छ ।
सम्बन्धित
















न्युयोर्कमा अत्यधिक चिसोका कारण १४ जनाको मृत्यु
SAFF Women’s U-19: Bangladesh defeats India by 2-0
नेपालमा जापानी लगानीकर्तालाई आमन्त्रण गर्न चाहन्छौँः राष्ट्रपति पौडेल
निशुल्क आँखा शिविरबाट दमौलीमा ८९ जनाको शल्यक्रिया
राष्ट्रियसभाबाट तीन अध्यादेश स्वीकृत
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
माघ १७ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कम्युनिष्ट एकता आजको आवश्यकता होः संयोजक दाहाल
प्रतिक्रिया