२६ औं पटक सगरमाथा आरोहण गरेर कीर्तिमान राखे पासाङ दावा शेर्पाले
मेरोन्यूज
२०८० वैशाख ३१ गते १०:०२

काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथामा नेपाली आरोही पासाङ दावा शेर्पाले २६ औं पटक सगरमाथा चढेर कीर्तिमान राखेका छन् । खुम्बु पासाङल्हमु गाउँपालिका–४ पाङबोचे निवासी पासाङ दावा शेर्पाले २६ औं पटक सगरमाथाको शिखर चुमेर नयाँ कीर्तिमान राखेको सगरमाथा प्रदुषण नियन्त्रण समिति (एसपीसीसी) का अध्यक्ष लामाकाजी शेर्पाले जानकारी दिए ।
आइतबार बिहान पौने ९ बजे वसन्त ऋतुको पहिलो सफल आरोहणमा ३ विदेशी र ३ नेपाली आरोहीले सगरमाथा चुचुरोमा सफलतापूर्वक पाइला टेक्दा शेर्पा पनि टोलीमा थिए ।
आरोहण गर्नेमा पाकिस्तानी नागरिक माइली तानी, अमेरिकी महिला आरोही जेसिका र हंगेरियन मटन टी सेर्स रहेका छन् । नेपाली नागरिकहरू खुम्बुपासाङल्हमु– ५ थामेका पासाङतेम्बा शेर्पा र सोही गाउँका आङनिमा शेर्पा रहेका छन् ।
सम्बन्धित
















कैलाली–१ मा रास्वपाकी कोमल ज्ञवाली निर्वाचित
रास्वपा २७ स्थानमा विजयी र ९० क्षेत्रमा अगाडि, अन्य दलकाे अवस्था के ?
नेमकिपाकाे गढ भक्तपुर-१मा रास्वपाका रन्जित विजयी
झापा-५ मा ओलीभन्दा बालेन २९ हजार मतले अगाडि
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
निर्वाचनमा हेलिकप्टर गस्ती गर्ने केन्द्रीय सुरक्षा समितिको निर्णय
मतदान केन्द्रमा ‘सिसिटिभी क्यामेरा’
बाख्रामा ‘पिपीआर’ रोगको सङ्क्रमण पुष्टि
राष्ट्रिय सुरक्षा परिषदको बैठक जारी
प्रतिक्रिया