२६ औं पटक सगरमाथा आरोहण गरेर कीर्तिमान राखे पासाङ दावा शेर्पाले
मेरोन्यूज
२०८० वैशाख ३१ गते १०:०२

काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथामा नेपाली आरोही पासाङ दावा शेर्पाले २६ औं पटक सगरमाथा चढेर कीर्तिमान राखेका छन् । खुम्बु पासाङल्हमु गाउँपालिका–४ पाङबोचे निवासी पासाङ दावा शेर्पाले २६ औं पटक सगरमाथाको शिखर चुमेर नयाँ कीर्तिमान राखेको सगरमाथा प्रदुषण नियन्त्रण समिति (एसपीसीसी) का अध्यक्ष लामाकाजी शेर्पाले जानकारी दिए ।
आइतबार बिहान पौने ९ बजे वसन्त ऋतुको पहिलो सफल आरोहणमा ३ विदेशी र ३ नेपाली आरोहीले सगरमाथा चुचुरोमा सफलतापूर्वक पाइला टेक्दा शेर्पा पनि टोलीमा थिए ।
आरोहण गर्नेमा पाकिस्तानी नागरिक माइली तानी, अमेरिकी महिला आरोही जेसिका र हंगेरियन मटन टी सेर्स रहेका छन् । नेपाली नागरिकहरू खुम्बुपासाङल्हमु– ५ थामेका पासाङतेम्बा शेर्पा र सोही गाउँका आङनिमा शेर्पा रहेका छन् ।
सम्बन्धित











बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलकाे प्रतिवेदनले के-के सिफारिस गर्याे ?
दक्षिण कोरियाको पहिलो व्यावसायिक अन्तरिक्ष यान प्रक्षेपण असफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
क्रियाशील सदस्यता वितरण सहजीकरणका लागि गगन थापाको चार बुँदे निर्देशन
रवीन्द्र मिश्र पर्सा-३ बाट पनि उम्मेदवार सिफारिस
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
प्रतिक्रिया