कतार पुलिसमा पठाइदिने भन्दै ६९ लाख रुपैयाँ ठगी गर्ने पुरुष पक्राउ
मेरोन्यूज
२०८० वैशाख ३१ गते १७:३२
काठमाडौँ । कतार पुलिसमा रोजगारीका लागि पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा ताप्लेजुङ आठराई त्रिवेणी गाउँपालिका ४ का एक पुरुष पक्राउ परेका छन् । उनलाई काठमाडौँ महानगर १० थापागाउँबाट पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा ४९ वर्षीय रूद्र बहादुर लिम्बु रहेका छन् । उनीले १९ जनालाई वैदेशिक रोजगारीका लागि कतार पुलिसमा एक लाख रुपैयाँभन्दा बढी तलब हुने काममा पठाइदिने भन्दै प्रलोभन देखाएका थिए ।
उनले पीडितहरूबाट पटक–पटक ६९ लाख रुपैयाँ ठगी गरेकाले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर
काठमाडौँ पठाइएको छ ।
सम्बन्धित
















चुनावी घोषणापत्र छिट्टै प्रकाशन गर्ने नेपाली कम्युनिष्ट पार्टीको निर्णय
टी-२० विश्वकपको पहिलो वार्म अप खेलमा नेपालले यूएईसँग भिड्दै
निपाह भाइरसबारे स्वास्थ्य मन्त्रालयको धारणा सार्वजनिक
कस्ताे रहला आज देशभरकाे मौसम ?
यी हुन् समानुपातिक बन्दसूचीबाट हटाइएका ७६ जना (सूचीसहित)
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
कम्युनिष्ट एकता आजको आवश्यकता होः संयोजक दाहाल
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
गैरबैङ्किङ वित्तीय संस्थाका लागि छुट्टै नियामक निकाय गठन गरिने
प्रतिक्रिया