ह्वाट्सएपले ल्यायो नयाँ फिचर, अब च्याट गोप्य राख्न सकिने

मेसेजिङ प्लेटफर्म ह्वाट्सएपले च्याट लक फिचर लन्च गरेको छ । यस मार्फत प्रयोगकर्ताहरूले कुनै पनि समूह वा व्यक्तिगत च्याट लक गर्न सक्छन्। यो सुविधा पछि तपाईं मात्र आफ्नो च्याट एक्सेस गर्न सक्नुहुनेछ। यसका लागि तपाईंले डिभाइस पिन वा बायोमेट्रिक्स लक प्रयोग गर्नुपर्छ।
मेटाका सीईओ मार्क जुकरबर्गले फेसबुक पोस्टमार्फत यस फिचरको जानकारी दिएका छन् । उनले व्हाट्सएपमा नयाँ लक फिचरले च्याटलाई अझ सुरक्षित बनाउने बताए । यस सुविधा अन्तर्गत च्याटहरू एक पासवर्ड प्रोटेक्टेड फोल्डरमा हुनेछन्। यस कारण, नोटिफिकेशन या मेसेजको सामग्री देखिने छैन।
च्याटहरू कसरी लक गर्ने ?
यो सुविधाको लागि सबैभन्दा पहिले ह्वाट्सएप अपडेट गर्नुहोस्। यसपछि ह्वाट्सएप खोल्नुहोस्। अब तपाईंले लक गर्न चाहनुभएको च्याटमा जानुहोस्। त्यो च्याटवाला एकाउन्टको प्रोफाइल तस्वीरमा ट्याप गर्नुहोस्।
यसपछि तपाईंलाइ ‘डिसापियरिङ मेसेज’काे तल नयाँ च्याट लक सुविधा लेखिएको देखिनेछ, यसमा क्लिक गर्नुहोस्, त्यसपछि च्याट लक हुनेछ। यसैगरी तपाईले अन्य च्याटहरू पनि लुकाउन सक्नुहुन्छ।
लक गरेका च्याटहरू कसरी खाेल्ने ?
ह्वाट्सएप खोल्नुहोस्। अब एपको हाेमपेजमा भएका च्याटलाइ तल स्क्रोल गर्नुहोस्। यसपछि एउटा गोप्य फोल्डर देखा पर्नेछ, जसमा ट्याप गर्नुपर्नेछ। अब पासवर्ड वा फिंगरप्रिन्ट प्रविष्ट गर्नुहोस्, त्यसपछि तपाइँ च्याट पहुँच गर्न सक्षम हुनुहुनेछ।
















सुकुमवासीलाई मध्यपुरथिमि र चाँगुनारायणका दुई ‘सेल्टर’मा आवास
अटलान्टिक क्रुज जहाजमा ‘हान्टाभाइरस’ सङ्क्रमण, तीन जनाको मृत्यु : डब्लुएचओ
पोखरा महानगरपालिकाद्वारा अतिक्रमित संरचना हटाउन सूचना जारी
सातामा दुई दिन बिदा भएसँगै सौराहामा पर्यटकको आगमन उत्साहजनक
Home Secretary presents insignia to IGP Poudel
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
दुर्गम क्षेत्रमा भि-स्याटमार्फत सेवा प्रवाह गर्दै टेलिकम
प्रतिक्रिया