दक्षिण सुडानले शरणार्थीलाई आश्रय दिन गर्न नयाँ शिविर खल्दै

काठमाडौँ । दक्षिण सुडानले छिमेकी सुडानमा द्वन्द्वबाट भागेका मानिसलाई आश्रय दिन आफ्नो उत्तरी क्षेत्रमा नयाँ शरणार्थी शिविर खोलेको छ ।
एकजना वरिष्ठ अधिकारीले सोमबार दिएको जानकारीअनुसार दक्षिण सुडानले ठूलो संख्यामा शरणार्थीलाई आश्रय दिइरहेको छ ।
ती आश्रय लिइरहेका शरणार्थीलाई बसोबास गर्न जग्गा छुट्याउने निर्णय गरिएको मानवीय मामिला तथा विपद् व्यवस्थापन मन्त्री अल्बिनो अकोल अटकले पत्रकार सम्मेलनमा बताएका हुन् ।
उनले सुडानसँगको सीमा नजिक रहेको रिसेप्शन सेन्टरबाट शरणार्थीलाई नयाँ शरणार्थी शिविरमा स्थानान्तरण गर्न सरकारले मानवीय साझेदारसँग समन्वय गरिरहेको पनि जनाकारी दिए ।
मन्त्री अटकले शरणार्थीका लागि संयुक्त राष्ट्र संघीय शरणार्थी एजेन्सीलगायतका निकायले शरणार्थीलाई आश्रय दिने, विश्व खाद्य कार्यक्रमले खाद्यान्न सहयोग गर्ने र आप्रवासनसम्बन्धी अन्तर्राष्ट्रिय संगठनले नयाँ शिविरमा यातायातको व्यवस्था गरिरहेको पनि बताए ।
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया