साफ च्याम्पियनसिपः उद्घाटन खेलमा नेपाल र कुवेत भिड्ने
मेरोन्यूज
२०८० जेठ ३ गते १७:५८

काठमाडौं । भारतमा हुने साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा नेपाल र कुवेत भिड्ने भएका छन्।
असार ६ गतेदेखि हुने प्रतियोगितामा नेपालले समूह ‘ए’मा आयोजक भारत, आमन्त्रित टिम कुवेत र पाकिस्तानको सामना गर्नेछ।
समूह ‘बी’ मा लेवनान, मालदिभ्स, भुटान र बंगलादेश छन्।
समूह चरणको शीर्ष दुईमा रहने टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्।
सेमिफाइनलमा समूह ‘ए’ को विजेता र समूह ‘बी’ को उपविजेता तथा समूह ‘बी’ को विजेता र समूह ‘ए’ का उपविजेता भिड्नेछन्।
माल्दिभ्समा आयोजना भएको १३औँ साफ च्याम्पियनसिपमा नेपाल उपविजेता भएको थियो । नेपाल फाइनल खेलमा भारतसँग पराजित भएको थियो ।
सम्बन्धित















अबरुद्ध बिपी राजमार्गमा यातायात सञ्चालनमा
इरानका खानेपानी केन्द्र र विश्वविद्यालयहरूमा अमेरिका-इजरायलद्वारा आक्रमण
अमेरिकाद्वारा इरानमा जमिनमा आधारित सैन्य कारबाहीको तयारी -रिपाेर्ट
आज केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
शपथलगत्तै एमाले सांसदहरूलाई च्यासल आउन निर्देशन
प्रतिक्रिया