बझाङ हिम पहिरोमा यार्सा संकलकको मृत्यु, दुई बेपत्ता, दुई घाइते
मेरोन्यूज
२०८० जेठ ७ गते २१:००

काठमाडौँ । यार्सा संकलन गर्न जाँदा बझाङमा हिमपहिरोमा परी एक जनाको मृत्यु भएको छ । दुई जना बेपत्ता भएका छन् । घटनामा दुई जना घाइते भएको प्रहरीले जनाएको छ ।
यार्सा संकलन गर्ने क्रममा आइतबार जिल्लाको सुर्मा गाउँपालिका २ को धानसेरा भन्ने लेकमा हिम पहिरो गएको हो । सुर्मा गाउँपालिका ३ का ३८ वर्षीया राम कोइला देवी बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै, ४० वर्षीय उनका श्रीमान् बाबजी बोहरा, जयपृथ्वी नगरपालिका ११ घर भएका १४ वर्षीय आकाश धामी घाइते भएका छन् ।
जयपृथ्वी नगरपालिका ११ घर भएका १८ वर्षीया रमिता धामी र १४ वर्षीया जामती धामी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएका छन् ।
सम्बन्धित
















कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
प्रतिक्रिया