बिहीबार, पुष १०, २०८२

बझाङ हिम पहिरोमा यार्सा संकलकको मृत्यु, दुई बेपत्ता, दुई घाइते

मेरोन्यूज २०८० जेठ ७ गते २१:००

काठमाडौँ । यार्सा संकलन गर्न जाँदा बझाङमा हिमपहिरोमा परी एक जनाको मृत्यु भएको छ । दुई जना बेपत्ता भएका छन् । घटनामा दुई जना घाइते भएको प्रहरीले जनाएको छ ।

यार्सा संकलन गर्ने क्रममा आइतबार जिल्लाको सुर्मा गाउँपालिका २ को धानसेरा भन्ने लेकमा हिम पहिरो गएको हो । सुर्मा गाउँपालिका ३ का ३८ वर्षीया राम कोइला देवी बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै, ४० वर्षीय उनका श्रीमान् बाबजी बोहरा, जयपृथ्वी नगरपालिका ११ घर भएका १४ वर्षीय आकाश धामी घाइते भएका छन् ।

जयपृथ्वी नगरपालिका ११ घर भएका १८ वर्षीया रमिता धामी र १४ वर्षीया जामती धामी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएका छन् ।

प्रतिक्रिया