मंगलबार, वैशाख २२, २०८३

मोटरसाइकल पोलमा ठोक्किँदा एकको मृत्यु, एक घाइते

मेरोन्यूज २०८० जेठ ९ गते ८:४३

कास्की । पोखरामा मोटरसाइकल अनियन्त्रित भइ सडक छेउको विद्युतको पोलमा ठोक्किदा एक जनाएको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

Advertisement
NiccNicc

पोखरा महानगरपालिका–६ खहरेचोकस्थित हल्लनचोकबाट गैह्राकोचौतारातर्फ जाँदै गरेको ग२४प ३१० नंको मोटरसाइकल आफैँ अनियन्त्रित भई सडकको छेउमा रहेको बिजुलीको पोलमा ठोक्किँदा काठमाडौँ कपनका १८ वर्षीय सफल खतिवडाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । दुर्घटनामा घाइते भएका संगमको उपचारका क्रममा मेट्रोसिटी अस्पतालमा निधन भएको हो ।

मोटरसाइकल चालक तनहुँको म्याग्दे गाउँपालिका–४ थर्पु बस्ने १७ वर्षीय संगम बानियाँको टाउको र घाँटीमा चोट लागेको छ ।

वडा प्रहरी कार्यालय बैदामबाट गएको प्रहरी टोलीले घाइतेलाई उद्धार गरी उपचारका लागि मेट्रोसिटी अस्पताल पठाएको थियो । प्रहरीले दुर्घटनाको अनुसन्धान भइरहेको जनाएको छ । दुर्घटनामा परेको मोटरसाइकल प्रहरी नियन्त्रणमा रहेको बताइएको छ ।

प्रतिक्रिया