जुनियर एनटीआरको जन्मदिनमा फ्यानले गरे हद पार, नौ जना पक्राउ
मेरोन्यूज
२०८० जेठ ९ गते १६:४५

काठमाडौं । साउथ सुपरस्टार जुनियर एनटीआरको फ्यान फलाेइङ संख्या निकै ठुलाे छ । उनी अभिनित फिल्म आरआरआरको सफलताले पनि उनकाे फ्यान क्रेज बढायाे।
गत शनिवार अभिनेताले आफ्नो ४० औं जन्मदिन मनाएका थिए। उनको जन्मदिनको अवसरमा फ्यानले पनि विभिन्न ठाउँमा रमाइलाे गरि मनाए । यद्यपि, केही फ्यानहरूले भने जन्मदिन मनाउन सिमा नै पार गरेका थिए। यसै आरोपमा कर्नाटक प्रहरीले ९ जनालाई पक्राउ गरेको छ । बलिदान गतिविधिमा संलग्न भएको आरोपमा प्रहरीले उनीहरूलाइ पक्राउ गरेको हो ।
वास्तवमा, एनटीआरकाे जन्मदिनको उत्सवको एक भागको रूपमा, केही फ्यानहरूले कथित रूपमा दुईवटा बाख्रालाई निर्ममतापूर्वक मारेका थिए र अभिनेता एनटीआरको फ्लेक्सी ब्यानरमा रगत बगाएका थिए । यस विषयमा कारबाही गर्दै प्रहरीले फ्यानलाई पक्राउ गरेको हाे ।
सम्बन्धित


















लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ
रास्वपा संसदीय दलको बैठक जारी
मुस्ताङमा स्याउका बोट सेताम्मे
इरानको समुद्री क्षेत्रमा नाकाबन्दी लागू भएको घोषणा गर्दै ट्रम्पले दिए कडा चेतावनी
चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
अस्ट्रेलियाली सेनामा पहिलो महिला प्रमुख
प्रतिक्रिया