अभिनेता आशिष विद्यार्थीले ६० वर्षको उमेरमा गरे दोस्रो विवाह
मेरोन्यूज
२०८० जेठ १२ गते ११:१६

भारतीय चलचित्र उद्योगमा खलनायक भूमिकाका चर्चित बरिष्ठ अभिनेता आशिष विद्यार्थीले ६० वर्षको उमेरमा दोस्रो विवाह गरेका छन् ।
उनले असमको राजधानी गुवाहाटीमा बस्ने फेसन डिजाइनर र व्यवसायी रुपाली बरुआसँग विवाह गरेका हुन् । आशिषले अदालतमा साथीभाइ र परिवारको उपस्थितिमा रुपालीसँग विवाह गरेका हुन् ।
अभिनेत्री शकुन्तला बरुआकी छोरी राजोशी बरुआ आशिषकी पहिलो पत्नी थिइन् ।
सन् १९८६ देखि आशिष लगातार चलचित्रमा काम गर्दै आएका छन् । उनले हिन्दी, तमिल, तेलुगु, कन्नड र मलायालम जस्ता ११ भाषामा अहिलेसम्म करिब ३०० फिल्ममा काम गरिसकेका छन् ।
उनका सबैभन्दा लोकप्रिय फिल्महरू १९४२ः ए लभ स्टोरी, रात की सुबह नही, सरदार, भाई, जानवर, जीत, हैदर, गुडबाय हुन्। उनले सन् १९९५ मा बनेको फिल्म ‘द्रोहकल’का लागि उत्कृष्ट सह–अभिनेताको विधामा राष्ट्रिय पुरस्कार पनि पाएका थिए ।
सम्बन्धित


















लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ
रास्वपा संसदीय दलको बैठक जारी
मुस्ताङमा स्याउका बोट सेताम्मे
इरान–अमेरिका वार्ताको सम्झौताप्रति आशा
इरानको समुद्री क्षेत्रमा नाकाबन्दी लागू भएको घोषणा गर्दै ट्रम्पले दिए कडा चेतावनी
चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
अस्ट्रेलियाली सेनामा पहिलो महिला प्रमुख
प्रतिक्रिया