काठमाडौँसहित कोसी र बागमतीमा पानी पर्ने

काठमाडौँ । अहिले मुलुकभर पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार कोशी र मधेश प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही देशका बाँकी भूभागमा सामान्य बदली रहेको छ। कोशी र बागमती प्रदेशका केही भूभागमा हल्का वर्षा भइरहेको छ।
दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा मेघगर्जन र चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
रातिी कोशी, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक आंशिक बदली रहनेछ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा मेघगर्जन र चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेकोले त्यसबाट जोगिन र हुन सक्ने क्षति वा जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ ।

















नुवाकोट–२ मा रास्वपाका अच्युतम लामिछाने विजयी
धनकुटामा एमालेको अग्रता, पछ्याउदै श्रम संस्कृति
डोटीमा कांग्रेसका भरत खड्का निर्वाचित
४२ हजार बढी मतान्तरमा विष्णु पौडेललाई हराउँदै रास्वपाका सुलभ खरेल विजयी
सर्लाही–४ मा गगन थापा ६ हजार मतले पछाडि
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
निर्वाचनमा हेलिकप्टर गस्ती गर्ने केन्द्रीय सुरक्षा समितिको निर्णय
मतदान केन्द्रमा ‘सिसिटिभी क्यामेरा’
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
राष्ट्रिय सुरक्षा परिषदको बैठक जारी
प्रतिक्रिया