संघीय बजेटले छोएन मुगुवासीलाई

मुगु। नेपाल सरकारका अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार करिब ३ घण्टा लामो समय खर्चिएर सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटले मुगु जिल्लालाई गतिल्लोसँग छुन सकेन । सरकारले आर्थिक वर्ष २०८०÷०८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट सार्वजनिक गर्दा मुगुको विकास र समृद्धि तथा यस क्षेत्रको स्वास्थ्य, शिक्षा, गरिबी निवारणलगायतका क्षेत्रमा तोकेर बजेट विनियोजन नहुँदा मुगुवासीमा खुसीको सञ्चार गराउन सकेन ।
मुगुको सडक, पर्यटीकयस्थल, धार्मिकस्थल होस या ग्रामीण सडक, पर्यटकीय मार्गका लागि तोकेर बजेट विनियोजन नगरिएको स्थानीयको आरोप छ ।
कर्णाली प्रदेशको मुख्य पर्यटकीय स्थल रारा र धार्मिक पर्यटकीय स्थल प्रशिद्ध धाम छायाँनाथ पर्यटकी पथ मार्गको विकास लागि निजी क्षेत्रलाई अनुरोध गर्ने भनिए पनि कुन निकायलाई भनिने कुनै निश्चित गरिएको छैन । यसले मुगुलाई राज्यले सधै उपेक्षित गरेको यहाँका स्थानीयको बुझाइ छ ।
बजेटमा रारा खप्तड पर्यटकीय पथमार्ग, मगगढी नाक्चे लाग्ना सडक खण्ड र गोठिज्युला कालाकाडा खत्याड सडक लगायत नाम कतै सुनिएन । मुगुका कुनै गौरवका योजना कहिले नसमेटिनु तथा मुगु राज्यको नजरमा पर्न नसक्नु र विकासमा सधै उपेक्षामा पर्नु दुखद् कुरा भएको नागरिक समाज मुगुका अध्यक्ष रुपबहादुर मल्लले बताए ।
चीनको नाकासँग जोडिने गमगढी नाक्चे लाग्ना सडक होस् वा संसारमा परिचित पर्यटकीय स्थल रारा र छायाँनाथ धाम जस्ता धार्मिक स्थलको लागि आवश्यक बजेट सरकारले ल्याउन नसक्नु मुगु र मुगाली जनतालाई उपेक्षा गरिएको धारणा राख्छ्न् अध्यक्ष मल्लले ।
















होल्डिङ सेन्टरका ५२ जना बालबालिका आजदेखि विद्यालय जान थाले
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यात्रुको सुरक्षा सुनिश्चित गर्न निर्देशन
‘स्वदेशमै श्रमको उचित मूल्य र सम्मान प्राप्त नहुँदा विदेशिन बाध्य’
कोलम्बियाको कोइला खानीमा भएको विस्पोटमा ९ जनाको मृत्यु ६ जनाको उद्धार
विद्यार्थीको रुचिअनुसार पठनपाठनमा प्राथमिकता : मुख्यमन्त्री आचार्य
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया