उपप्रधानमन्त्री खडकाकी बुहारीको कार दुर्घटनामा मृत्यु

बाँके । सवारी दुर्घटनामा परी उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काकी बुहारीको मृत्यु भएको छ।
मंगलबार साँझ भएको सवारी दुर्घटना परी घाइते भएकी उपप्रधानमन्त्री खडकाको माइली बुहारी सञ्जु खडकाको उपचारको क्रममा मृत्यु भएको हो । साथै, कारका चालक गोरखा आँपपिपल–५ का ३७ वर्षीय सुवास अधिकारीको पनि मृत्यु भएको छ ।
कोहलपुरका प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले बाँकेवाट सुर्खेततर्फ जाँदै गरेको उनीहरु सवार कार बाँकेको राप्तीसोनारी गाउँपालिका–८ मुगुवा खोलानजिकै बससँग ठोक्किँएको जानकारी दिए ।
दुर्घटनापछि खडका, उनका चालक र बसमा यात्रारत ८ जनालाई उपचारका लागि कोहलपुर मेडिकल कलेज ल्याईएको थियो । तर, उपचारका क्रममा बुहारी खडका र उनका सवारी चालक अधिकारीको मृत्यु भएको हो ।
मृतक सञ्जु उपप्रधानमन्त्री खड्काका माइला भाइ डम्बर खड्काकी श्रीमती हुन्। मृतक सञ्जु र डम्बरका दुई छोरा छन्। उनका श्रीमान डम्बर कर्णाली प्रदेश अस्पतालका निर्देशकसमेत हुन्।
कार र बस एक आपासमा ठोक्किदा कार पुरै क्षतिग्रस्त भएको छ भने बसको अगाडीको भाग पुर्ण रुपमा क्षति भएको छ।
















अष्ट्रेलियाको विन्डम सिटी र गोदावरी नगरपालिकाबीच ‘मित्रता शहर’ सम्झौता
अनधिकृत लिङ्क नखोल्न सीआईबीको आग्रह
निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको वातावरण बनाए सरकारको आर्थिक वृद्धिको लक्ष्य सजिलै हासिलहुन्छ-अध्यक्ष ढकाल
मौसम पूर्वानुमान: आज यी पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
बुधबारका लागि कुन देशको विदेशी मुद्राको विनिमय दर कति ?
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया