पूर्व प्रेमी वीरसँग रोमान्स गर्दै सारा अली खान

मुम्बई। अभिनेत्री सारा अली खान हालका दिनमा आफ्नो रिलिज फिल्म ‘जरा हटके जरा बचके’बाट प्राप्त प्रतिक्रियामा रमाइरहेकी छन् । उनी चाँडै फिल्म ‘स्काई फोर्स’मा देखिँदैछिन् ।
यो फिल्ममा उनले पूर्व प्रेमी वीर पहाडियासँग रोमान्स गर्नेछिन् । दिनेश विजान र जियो स्टुडियो प्रोडक्सनको यो फिल्ममा पहाडियाको डेब्यू अभिनय रहनेछ ।
सन्दीप केवलानीको निर्देशनमा बनिरहेको फिल्ममा यसै महिनाबाट सुटिङ सुरु भएको थियो । अक्षय कुमारको समेत अभिनय रहेको फिल्मको तीन महिनामा विभिन्न स्थानमा सुटिङ हुनेछ । हाल फिल्मको सुटिङ लण्डनमा भइरहेको छ ।
केही समयअघि ‘कफि विथ करण’मा सारा र जान्हवीले दुई भाईसँग डेटिङ गरिरहेको कुरा खुलासा गरेका थिए । ती दुई भाई वीर र शिखर पहाडिया थिए । जान्हवी अहिले पनि शिखरसँग डेटमा छिन् । साराले भने केही समयअघि वीरसँग ब्रेकअप गरेकी थिइन् ।
फिल्म आगामी वर्ष रिलिज हुनेछ । वीर प्रख्यात व्यवसायी सञ्जय पहाडियाका छोरा हुन् ।

















कांग्रेस नेता पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय सदस्यहरूको बैठक
हावाहुरीबाट मधेस प्रदेश प्रभावित : सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु
अध्ययन बिदामा गएका प्राध्यापक नफर्किँदा त्रिविलाई दुई अर्ब नोक्सानी, फिर्ता गर्न थाले तलबभत्ता
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
रास्वपाकाे मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटी, सचेतकमा प्रकाशचन्द्र र क्रान्तिशिखा
प्रतिक्रिया