आर्थिक र मूल्य वृद्धिको लक्ष्यलाई परिपूर्ति गर्ने मौद्रिक नीति आउँछ : गभर्नर

बजेटले लिएको आर्थिक वृद्धि र मूल्य वृद्धिको लक्ष्यलाई परिपूर्ति गर्ने गरी मौद्रिक नीति आउँछः गभर्नर
काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बजेटले लिएको आर्थिक वृद्धि र मूल्य वृद्धिको लक्ष्यलाई परिपूर्ति गर्ने गरी मौद्रिक नीति ल्याउने तयारी गरिरहेको बताएका छन् ,
सोमबार काठमाडौँमा आर्थिक मिडिया सोसाइटीले आयोजना गरेको ‘पोस्ट बजेट–अ होलिस्टिक डिस्क्लोजर’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् । उनले राष्ट्र बैंकले ल्याउने मौद्रिक नीति सरकारले ६ प्रतिशतको आर्थिक वृद्धिलाई परिपूर्ति गर्ने गरी आउने बताए ।
‘सरकारले ल्याएको बजेटले जुन खालको लक्ष्य लिएको छ, ६ प्रतिशतको आर्थिक वृद्धि गर्ने र राष्ट्र बैंकले ६.५ प्रतिशत राखेर आफ्नो मौद्रिक व्यवस्थापन गर्ने आकांक्षा राखेको छ, व्यवहारिक किसिमको लक्ष्यहरू राखेको छ,’ उनले भने, ‘सरकारले गत वर्ष ८ प्रतिशत आर्थिक वृद्धि राखे पनि यो वर्ष ६ प्रतिशत मात्रै राखिएको छ ।’
गर्भनर अधिकारीले आगामी आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति आगामी साउनको १५ गतेभित्रै जारी गर्ने तयारी रहेको बताए । उनले मौद्रिक नीति ल्याउँदा अर्थतन्त्रको आवश्यकता, मौद्रिक विस्तार र निजी क्षेत्रमा जानु पर्ने कर्जाका विषयलाई ख्याल गरेर तय गर्ने बताएका थिए ।
उनले मौद्रिक नीतिका लागि राय सुझावहरू लिन सुरु गरिएको बताए । उनले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ल्याएको बजेटको प्रशंसा गरे । उनले सरकारले राम्रो बजेट ल्याएको भन्दै त्यसलाई राष्ट्र बैंकले कार्यान्वयनमा सहयोग गर्ने गरी मौद्रिक नीति ल्याउने प्रतिवद्धता जनाए ।
गभर्नर अधिकारीले यो वर्ष राजश्वमा परेको दबाब न्युनीकरण गर्न धेरै काम भएको बताए । उनले सरकारले ल्याएको बजेटले अर्थतन्त्रमा देखिएको शिथिलता कम गर्ने लक्ष्य राखेको बताउँदै साढे ६ प्रतिशतमा सिमित राख्ने लक्ष्य भने पूरा हुने समस्या दाबी गरे ।
















Bullion price: Gold unchanged, silver climbs
सभामुखमा रास्वपा उपसभापति अर्यालको उम्मेदवारी दर्ता
परराष्ट्रमन्त्री खनालद्वारा मनमैजु मन्दिरमा पूजाअर्चना
जेनजी आन्दोलनका घाइतेसँग गृहमन्त्री गुरुङ
श्रम कानुन उल्लङ्घन गर्ने दुई प्रतिष्ठानको खाता रोक्का
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
ठगीको अभियोगमा एक जना पक्राउ
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
प्रतिक्रिया