शुक्रबार, वैशाख २५, २०८३

क्यानाडामा खालिस्तानीले मनाए इन्दिरा गान्धीको हत्याको उत्सव

मेरोन्यूज २०८० जेठ २५ गते १७:१७

काठमाडौँ । क्यानाडामा खालिस्तानीहरूले इन्दिरा गान्धीको विरोधमा झाँकी प्रदर्शन गरेका छन् । 

Advertisement
NiccNicc

उनीहरूले क्यानाडाको ब्राम्पटन क्षेत्रमा एउटा झाँकी निकालेका थिए । जसमा इन्दिरा गान्धीको हत्याको घटनालाई समावेश गरेका छन् ।

उनीहरूका अनुसार झाँकीमा यसलाई बदलाको रूपमा वर्णन गरिएको थियो । यो झाँकीको भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । भारतीय प्रयोगकर्ताहरूले यसको चर्को आलोचना गरिरहेका छन् ।

इन्दिरा गान्धीको हत्यालाई क्यानाडाको झाँकीमा समावेश गरेकोमा कांग्रेसले कडा प्रतिक्रिया दिएको छ । कांग्रेसले भारतीय विदेशमन्त्री एस जयशंकरलाई यो विषय क्यानाडा सरकारसमक्ष दृढताका साथ उठाउन माग गरेको छ ।

विदेशमन्त्री एस जयशंकरले क्यानाडा सरकारको आलोचना गर्दै त्यहाँ पृथकतावादी, कट्टरपन्थीहरूलाई संरक्षण दिइने बताए । कांग्रेस नेता मिलिन्द देवराले ट्वीट गर्दै भने, ‘यो पक्ष लिने कुरा होइन, तर यो देशको इतिहास र प्रधानमन्त्रीको हत्याबाट भएको पीडाको सम्मानको कुरा हो ।’ 

कांग्रेस नेता जयराम रमेशले पनि विदेश मन्त्रीलाई क्यानाडा सरकारसँग यो मामिला दृढताका साथ उठाउन आग्रह गरेका छन् । अमृतसरको गोल्डेन टेम्पलबाट आतंककारीलाई धपाउन भारतीय सेनाले अपरेशन ब्लू स्टार सुरु गरेको थियो । यस अपरेशनको विरोधमा इन्दिरा गान्धीको आफ्नै गार्डले हत्या गरेको थियो ।
 

प्रतिक्रिया