मंगलबारबाट नेपालमा मनसुन प्रवेश हुने

काठमाडौं । नेपालमा आउँदो मंगलबारदेखि गर्मी केही कम हुने पूर्वानुमान गरिएको छ ।
अरब सागरमा विकसित भएको बीपरज्वए आँधी र बङ्गालको खाँडीमा विकसित न्यूनचापीय प्रभावले मंलबारदेखि नेपालमा बदली भइ गर्मी घट्ने सम्भावना रहेको जलवायु तथा विपदविज्ञ डा. धर्मराज उप्रेतीले जानकारी दिए ।
दुई वटा प्रणालीले मनसुनी वायुलाई उत्तरतर्फ धकेल्न सहयोग गर्ने भएकाले मंगलबार वा बुधबार मनसुन नेपालमा प्रवेश गर्ने सम्भावना देखिएको उनले बताए ।
आज मनसुन भारतको केरलाको सबै भागसहित कर्नाटकका केही भाग र बङ्गालको खाडीको पूर्व र उत्तरभागमा पुगेको छ । त्यहाँ आउँदो ४८ घण्टामा मनसुन थप सक्रिय हुने भारतको मौसम विभागले जनाएको छ ।
चाँडो सक्रिय भइरहेको मनसुनलाई अरब सागरको आँधी र बङ्गालको खाडीको न्यूनचापीय अवस्थाले चाँडो नेपालतर्फ धकेल्ने भएकाले नेपालमा गर्मी घट्ने बताइएको छ । आज स्थानीय वायुका कारण काठमाडौं उपत्यकामा गर्मी सामान्य घटेको छ ।















युक्रेनमा भएको रूसी आक्रमणमा तीन जनाको मृत्यु
अत्यावश्यक नपरी यात्रा नगर्न जिल्ला प्रशासन कार्यालय रुकुमपूर्वको अनुरोध
देशभर ‘महिन्द्रा केयरफेस्ट २०८२’ सुरु, आकर्षक छुटका साथै बम्पर उपहारमा इलेक्ट्रिक स्कुटर
नेकपालाई पहिलो शक्ति बनाउने गरी लाग्न नेता कार्यकर्तालाई प्रचण्डको निर्देशन
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश
कोशीमा रोशनी मेचे राष्ट्रिय सभा सदस्य निर्वाचित
प्रतिक्रिया