बिहीबार, चैत १९, २०८२

अर्थ समितिले बोलायो गभर्नर र धितोपत्र बोर्डका अध्यक्षलाई

मेरोन्यूज २०८० जेठ २९ गते १३:००

काठमाडौं । अर्थ समितिले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाललाई बैठकमा बोलाउने निर्णय गरेको छ । सोमबार सिंहदरबारमा बसेको समितिको बैठकले उनीहरूलाई छलफलका लागि बोलाउने निर्णय गरेको हो ।

Advertisement
nepal life insurencenepal life insurence

बैंक र धितोपत्र बोर्डका विषयमा प्रश्न उठाइएकाले त्यसलाई सम्बोधन गर्न गभर्नर र अध्यक्षलाई बोलाउने निर्णय गरिएको समितिको सभापतित्व गरिरहेका ज्येष्ठ सदस्य सन्तोष चालिसेले जानकारी दिए ।

त्यसअघि, सांसद नारायणी शर्माले घोराही सिमेन्टको आईपीओका विषयमा प्रश्न उठाएकी थिइन् । महँगो मूल्य भएकाले कम्पनीको आईपीओमा स्थानीयले आवेदन दिन नसकेको उनले उल्लेख गरिन् । सो विषयमा धितोपत्र बोर्डका अध्यक्षलाई बोलाएर जवाफ लिनुपर्नेमा उनले जोड दिइन् ।

सांसद ज्ञानेन्द्र शाही र पूर्णबहादुर तामाङले पनि बैंकको कार्यक्षमतामा प्रश्न उठाएका थिए ।

प्रतिक्रिया