बुधबार, चैत १८, २०८२

दोस्रो खेलमा नेपालले भारतसँग बाँड्यो अंक

मेरोन्यूज २०८० जेठ ३२ गते १४:४२

काठमाडौँ । हङकङमा जारी महिला इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा नेपाल र भारत ए बीचको खेल वर्षाका कारण रद्द भएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

खेल रद्द भएसँगै दुवै टोलीले एक/एक अंक पाएका छन् । समूह बी मा नेपालले दुई खेलपछि एक अंक पाएको छ । भारतले ३ अंक जोडेको छ ।

बिहीबार नै तय भएको पाकिस्तान ए र हङकङबीचको खेल पनि रद्द भएको थियो ।

नेपाल पहिलो खेलमा पाकिस्तान एसँग नौ रनले पराजित भएको थियो । नेपालले समूहको अन्तिम खेल हङकङसँग शनिबार खेल्ने छ । समूहका शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्ने छन् ।

भारत र पाकिस्तानको समान ३ अंक हुँदा नेपाल र हङकङको समान एक अंक छ ।

प्रतिक्रिया