अख्तियारमा १० महिनाको अवधिमा २२ हजार बढी उजुरी
मेरोन्यूज
२०८० असार ३ गते १३:३३

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा १० महिनाको अवधिमा झण्डै साढे २२ हजार उजुरी परेको छ । आर्थिक वर्ष २०७९/८० को वैशाख मसान्तसम्म २२ हजार ३५५ उजुरी परेको अख्तियारले जनाएको हो ।
आइतबार राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको आइतबारको बैठकमा आयोगका सचिव रामेश्वर दंगालले गएको १० महिनामा २२ हजार ३ सय ५५ उजुरी परेको जानकारी दिए ।
तीमध्ये करिब आधा मात्र अर्थात् १२ हजार ५९२ उजुरीमात्र फर्छ्यौट भएको छ । २३० वटा मुद्दामा पुनरावेदन गर्दा गराएको अख्तियारले जनाएको छ ।
अख्तियारका अनुसार २०७४/७५ मा १९४८८, २०७५/७६ मा २४०८५, २०७६/७७ मा २५१५२, २०७७/७८ मा २२६२५ र २०७८/७९ मा २४३३१ उजुरी दर्ता भएको छ ।
सम्बन्धित
















निर्वाचन सुरक्षाका लागि आजदेखि सेना परिचालन गरिदै
बाल सुधारगृह सानोठिमीमा अब बालिका मात्रै राखिने
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
ट्याक्टरबाट खसेर युवकको मृत्यु
निर्वाचनः मुस्ताङमा हिमपातको डर
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
रास्वपाको सङ्घीय निर्वाचन सम्पादन समिति गठन
आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
पाकिस्तानले विश्वकपमा भारतसँग नखेल्ने घाेषणापछि आईसीसीको चेतावनी
प्रतिक्रिया