बुधबार, माघ २१, २०८२

बागलुङमा जीप दुर्घटना हुँदा दुईको मृत्यु

मेरोन्यूज २०८० असार ६ गते १०:००

बागलुङ । बागलुङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको गलकोटबाट बागलुङ बजारतर्फ आउँदै गरेको ग १ च ९४८५ नम्बरको जीप काठेखोला गाउँपालिका–५ ठुलढुङ्गामा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।

दुर्घटनामा मृत्यु हुनेको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी मदन केसीले जानकारी दिए । उनीहरूको घटनास्थलमै मृत्यु भएको केसीले बताए । जीप मध्यपहाडी लोकमार्गबाट पाँच सय मिटर तल खसेको केसीले बताए ।

मृत्यु हुने दुवै जना पुरुष रहेको उनले बताए । जीप सडकभन्दा धेरै तल खसेको हुँदा अहिलेसम्म कति सवार थिए भन्ने यकिन हुन नसकेको उनको भनाइ छ । अहिले प्रहरी घटनास्थलमा पुगेर उद्धारकार्यमा लागेको छ ।

प्रतिक्रिया